Main News

स्वास्थ्य सामग्री खरिद प्रक्रियामा कार्कीको भूमिकामाथि लेखा समितिले उठायो प्रश्न

हिमालय टिभी
२०७७ असार ३० गते १७:११
स्वास्थ्य सामग्री खरिद प्रक्रियामा कार्कीको भूमिकामाथि लेखा समितिले उठायो प्रश्न

३० असार, २०७७, काठमाडौं । सार्वजनिक लेखा समितिले स्वास्थ्य सामग्री खरिद प्रक्रियामा संलग्न रहेका स्वास्थ्य मन्त्रालयका विज्ञ सल्लाहकार डा. खेम कार्कीको भूमिकामाथि प्रश्न उठाएको छ ।

समितिको बैठकमा सदस्यहरुले सरकारले विज्ञका रुपमा नियुक्त गरेका व्यक्तिलाई स्वास्थ्य समग्री खरिदको प्रक्रिया अन्तर्गत वार्ता समितिमा संयोजकको भूमिकामा बस्ने अधिकार कसले दियो भन्दै प्रश्न गरेका छन् । जवाफमा सल्लाहकार कार्कीले आफ्नो विषय विज्ञताका आधारमा यो भूमिका दिएको हुनसक्ने जवाफ दिनुभएको थियो ।

स्वास्थ्य मन्त्री भानुभक्त ढकालको विज्ञ सल्लाहकारका रुपमा नियुक्त भएका कार्की नियुक्त भएको एक दिन पछि नै खरिद वार्तासमितिको संयोजक बन्नुभएको थियो ।

समितिका सदस्यहरुले डाक्टर कार्कीको आलोचना गरे पनि स्वास्थ्य मन्त्रालयका तत्कालिन सचिव यादव कोइरालाले वार्ताका लागि मात्रै कार्कीलाई संयोजक तोकिएको भन्दै उहाँको बचाउ गर्नुभयो । स्वास्थ्य मन्त्रालयका १२ औँ तहका डाक्टर रोशन पोखरेलसहितको टोली खरीदमा संलग्न रहेको कोइरालाको दावी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *