कर्णाली प्रदेशका एक जना सांसदलाई कोरोना संक्रमण पुष्टि

हिमालय टिभी
२०७७ असार ३० गते १६:०८
कर्णाली प्रदेशका एक जना सांसदलाई कोरोना संक्रमण पुष्टि

३० असार, २०७७, सुर्खेत । कर्णाली प्रदेशका एक जना सांसदलाई पनि कोरोना संक्रमणा पुष्टि भएको छ। प्रदेश सभामा प्रतिनिधित्व गर्ने एक जना सांसदलाई कोरोना देखिएको प्रदेश सभाले जनाएको छ।

सोमबार गरिएको पीसीआर परीक्षणमा कोरोना देखिएको हो। कोरोना पोजेटिभ सांसदलाई आइसोलेसनमा राखिएको छ।

उनको अवस्था सामान्य रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ। एक जनालाई कोरोना पुष्टि भएपछि सम्पर्कमा रहेका सांसद तथा अरु व्यक्तिहरूको ट्रेसिङ भइरहेको सभामुख राजबहादुर शााहीले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘कोरोना भएका सदस्य आइसोलेसनमा बस्नुहुन्छ, अरुको ट्रेसिङ भइरहेको छ।’

हाल संसद बैठक अर्को सूचना नआउँदासम्मका लागि स्थगित गरिएको छ। सांसदमा नै कोरोना पुष्टि भएपछि संसद बैठकबारे पनि सोच्नुपर्ने अवस्था आएको सभामुख शाहीले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *