Main News

भारतमा प्रधानमन्त्री ओलीको चर्को आलोचना

हिमालय टिभी
२०७७ असार ३० गते १२:४४
भारतमा प्रधानमन्त्री ओलीको चर्को आलोचना

३० असार, २०७७ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वास्तविक अयोध्या नेपालमा पर्ने र राम नेपाली भएको अभिव्यक्ति दिएपछि भारतमा चर्को आलोचना भएको छ ।

भारत सरकारको नेतृत्वकर्ता दल भारतीय जनता पार्टीले प्रधानमन्त्री ओलीले विवादित अभिव्यक्ति दिएको भन्दै निन्दा गरेको छ ।

भाजपाका राष्ट्रिय प्रवक्ता विजय शोनकर शास्त्रीले रामप्रतिको आस्थामा खेलवाड गर्न नहुने बताएका छन् । प्रधानमन्त्री ओलीको आलोचना गर्दै शास्त्रीले भगवान राम आफुहरुको आस्थाको प्रतीक भएकाले कसैले पनि आस्थामा खेलवाड गर्न नहुने बताएका छन् ।

सोमबार भानुजयन्तीको अवसरमा प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित एक कार्यक्रममा ओलीले रामको जन्म नेपालको अयोध्यापुरीमा भएको तर भारतले साँस्कृतिक अतिक्रमण गरेको अभिव्यक्ति दिनुभएको थियो ।

ओलीको यस अभिव्यक्तिलाई भारतीय मिडियाहरुले राजनीतिक विवाद उक्साउने उद्देश्य भनेका छन् । भारतीय सन्चारमाध्यम पीटीआईले नेपालका प्रधानमन्त्री ओलीको भनाइ आश्चर्यजनक र स्तब्ध पार्ने खालको भएको उल्लेख गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *