आर्थिक

थला परेको अर्थतन्त्र उठाउने मौद्रिक नीति ल्याउन पूर्व अर्थमन्त्रीहरुको सुझाव

हिमालय टिभी
२०७७ असार २९ गते १८:२७
थला परेको अर्थतन्त्र उठाउने मौद्रिक नीति ल्याउन पूर्व अर्थमन्त्रीहरुको सुझाव

२९ असार, २०७७ काठमाडौं । पूर्व अर्थमन्त्रीहरुले कोरोना महामारीबाट थला परेको अर्थतन्त्र माथि उठाउने गरी मौद्रिक नीति ल्याउन सुझाव दिएका छन् ।

अर्थ समितिको बैठकमा पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले अपेक्षा गरे अनुसार नीति तथा कार्यक्रम र बजेट नआएकाले त्यसमा छुटेका विषय मौद्रिक नीतिले सम्बोधन गर्नुपर्ने बताउनुभयो । उहाँले रेमिट्यान्स उत्पादनमूलक क्षेत्रमा परिचालन गर्ने गरी वित्तीय उपकरणको परिचालन गर्नु पर्नेमा जोड दिनुभयो ।

पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले पुनर्कर्जा कोषमा रकम थपेर अर्थतन्त्र माथि उकास्न सकिने बताउनुभयो । सरकारले पुनरकर्जा कोषमा १ खर्ब रुपैयाँ बनाउने भने पनि सरकारले रकम नथपेकोमा उहाँले आपत्ति जनाउनुभयो ।

पूर्व अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले बैंकको किस्ता नै तिर्न नसक्ने अहिलेको अवस्थालाई ध्यान दिएर मौद्रिक नीति ल्याउन सुझाव दिनुभयो ।

बैठकमा पूर्व मन्त्री गोकर्ण विष्टले आन्तरिक उत्पादन बढाउने गरी वित्तीय क्षेत्र परिचालन गर्नुपर्ने बताउनुभयो । सांसदहरुले पनि विद्यमान परिस्थितिमा उत्पन्न समस्या सम्बोधन गर्ने गरी मौद्रिक नीति मार्फत वित्तीय उपकरणलाई परिचालन गर्न सुझाव दिएका छन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *