समाज

बाढीपहिरोबाट भएको क्षतिप्रति पूर्व राजा ज्ञानेन्द्रद्वारा दुःख व्यक्त

हिमालय टिभी
२०७७ असार २९ गते १८:०७
बाढीपहिरोबाट भएको क्षतिप्रति पूर्व राजा ज्ञानेन्द्रद्वारा दुःख व्यक्त

काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र शाहले देशका विभिन्न स्थानमा बाढीपहिरोबाट भएको क्षतिप्रति दुःख व्यक्त गर्नु भएको छ ।

पूर्व राजा ज्ञानेन्द्रले वक्तव्यमार्फत यो बर्षको बर्षातको कारण देशको हिमाल, पहाड र तराईका विभिन्न भागमा बाढी, पहिरो र डुबानबाट धेरैले ज्यान गुमाएको, घाइते हुनु परेको, आफ्नो घर, गोठ तथा जायजेथा गुमाउनु परेको र धेरै घरवारविहीन भएको सुन्दा, देख्दा र बुझ्दा आफै अत्यन्त दुखित भएको भएको उल्लेख गर्नु भएको छ।

शोक, वियोग, ब्यथा र वेदनाको यो स्थितिमा सबैबाट सबैको राहत, उद्धार र उपचार होस् भन्दै वक्तव्यमा विनासको यो बेला पर्याप्त सहयोग, सुब्यवस्था तथा निगरानी पुगोस् भन्ने आग्रहसमेत गर्नु भएको छ।

नेपालजस्तो पर्वतीय मुलुकमा बाढी, डुबान र भू–क्षयको जोखिम हरेक बर्ष हुने प्रक्रिया हो भन्दै पूर्व राजा ज्ञानेन्द्रले यसको रोकथाम र सजगताको निम्ति समयमै पर्याप्त ध्यान दिन सके क्षति न्यूनिकरणमा योगदान पुग्ने अपेक्षा व्यक्त गर्नु भएको छ ।

प्रतिकूल मौसमी प्रकृतिका कारण उत्पन्न प्रकोप र पीडाबाट जनताले मुक्तिको सास फेर्न पाउन् भन्ने कामना गर्दै पूर्व राजा ज्ञानेन्द्रले प्राकृतिक विपदको यो समयमा म शोक सन्तप्त पीडित सबैमा हार्दिक समवेदना व्यक्त गर्दै घाइते भएका सबैको शिध्र स्वास्थ्यलाभको कामना गर्नु भएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *