समाज

नेपाली साहित्यमा योगदान र्‍याउने स्रष्टाहरु सम्मानित

हिमालय टिभी
२०७७ असार २९ गते १६:१२
नेपाली साहित्यमा योगदान र्‍याउने स्रष्टाहरु सम्मानित

२९ असार, २०७७ काठमाडौं । सरकारले नेपाली साहित्यमा योगदान पुर्‍याउने श्रष्टालाई विभिन्न राष्ट्रिय पुरस्कारबाट सम्मानित गरेको छ ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले राष्ट्रिय तथा प्रादेशिक प्रतिभा पुरस्कार २०७६ अन्तर्गत संस्कृति विधातर्फ राष्ट्रिय प्रतिभा पुरस्कार बुद्धिनारायण श्रेष्ठलाई प्रदान गरेको छ ।

यसैगरी प्रादेशिक प्रतिभा पुरस्कार अन्तर्गत प्रदेश १ बाट भोजपुरका चन्द्रकुमार राई, प्रदेश २ बाट धनुषाका डाक्टर रामसागर पण्डित, बागमती प्रदेशबाट ललितपुरका डाक्टर गौतमबीर बज्राचार्य, गण्डकी प्रदेशबाट स्याङ्जाका प्राध्यापक ज्ञानबहादुर कार्की, प्रदेश ५ बाट कपिलवस्तुका विक्रममणि त्रिपाठी, कर्णाली प्रदेशबाट जुम्लाका वासुदेव उपाध्याय, सुदूरपश्चिमबाट धनगढीका सुरतबहादुर शाह सम्मानित हुनुभएको छ ।

भाषा साहित्य विधाम प्राध्यापक डाक्टर दयाराम श्रेष्ठले राष्ट्रिय प्रतिभा पुरस्कार प्राप्त गर्नुभएको छ । प्रादेशिक प्रतिभा पुरस्कार खोटाङका सुरेश हचेकाली, बाराका नवराज रिजाल, काभ्रेका गोपी मैनाली, कास्कीका तर्कना शर्मा, दाङका श्रीधर पौडेल, जुम्लाका डाक्टर ओमप्रकाश आचार्य र कैलालीका मिहीलाल उपाध्याय सम्मानित हुनुभएको छ ।

ललितकला विधातर्फ राष्ट्रिय प्रतिभा पुरस्कार काठमाडौंका श्यामलाल श्रेष्ठले प्राप्त गर्नुभएको छ । संगीत तथा नाट्य विधातर्फ राष्ट्रिय प्रतिभा पुरस्कार सिराहाका सत्य नारायण चौधरीले प्राप्त गर्नुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *