Main News

भारतीय हस्तक्षेपका कारण तराईमा डुबानको समस्याः गृहमन्त्री थापा

हिमालय टिभी
२०७७ असार २९ गते १५:०१
भारतीय हस्तक्षेपका कारण तराईमा डुबानको समस्याः गृहमन्त्री थापा

सरकारले सीमा क्षेत्रमा भारतको हस्तक्षेपका कारण तराईमा डुबान हुने गरेको बताएको छ । गृहमन्त्री रामबहादुर थापाले सीमा क्षेत्रमा भारतले एकतर्फी रुपमा बनाएका भौतिक संरचनालाई हस्तक्षेप भन्नुभएको हो ।

राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा गृहमन्त्री थापाले भारतको हस्तक्षेपकारी प्रवृत्तिका कारण हरेक वर्ष तराईका जिल्ला प्रभावित हुने गरेको बताउनुभयो । सीमा क्षेत्रमा भारतले आफू अनुकूलका संरचना बनाउँदा नेपालमा प्रकोपको जोखिम बढेको गृहमन्त्रीले समितिमा जानकारी दिनुभयो ।

भारतीय हस्तक्षेपलाई राजनीतिक हस्तक्षेपको संज्ञा दिँदै गृहमन्त्री थापाले सरकारले त्यसका विरुद्ध निरन्तर आवाज उठाइरहेको पनि बताउनुभयो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आउँदा भारतका कारण तराईमा हुने डुबानबारे छलफल गरेको तर समस्या समाधानका लागि कुनै पहल नगरेको उहाँले गुनासो गर्नुभयो ।

बैठकमा समिति सदस्यहरुले पनि वर्षेनी हुने डुवान समस्या समाधानका लागि सरकारले भारतसँग ठोस पहल गर्नुपर्नेमा जोड दिए । छलफलपछि समितिले सीमा क्षेत्रमा भारतले निर्माण गरेका संरचना हटाउन सरकारलाई निर्देशन दिएको छ ।

भारतले सीमा क्षेत्रमा बनाएका सडकले नेपाली भूमिको पानीको निकास रोकिँदा हरेक वर्ष बर्खामा सीमा क्षेत्र डुबानमा पर्ने गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *