Main News

धरहरा र काष्ठमण्डपको पुनःनिर्माण आगामी आर्थिक वर्षभित्र सकिने

हिमालय टिभी
२०७७ असार २९ गते १४:५६
धरहरा र काष्ठमण्डपको पुनःनिर्माण आगामी आर्थिक वर्षभित्र सकिने

२९ असार, २०७७ काठमाडौं । संसदको विकास तथा प्रविधि समितिले पुनःनिर्माणको क्रममा रहेका पुरात्वात्तिक सम्पदाको स्थलगत अनुगमन गरेको छ ।

समितिले धरहरा, काष्ठमण्डप, रानीपोखरी र सिंहदरबार पुनर्निर्माणको अनुगमन गरेको हो । समिति सभापति कल्याणी खड्काले भूकम्प गएको लामो समयसम्म काम हुन नसके पनि पछिल्लो २ वर्षयता निर्माणको कामले गति लिएको बताउनुभयो ।

पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले रानीपोखरीको काम आगामी २ महिनाभित्र पुरा हुने बताउनुभयो । उहाँले धरहरा र काष्ठमण्डपको काम आगामी आर्थिक वर्षभित्र सम्पन्न गर्ने लक्ष्य रहेको समेत जानकारी दिनुभयो ।

भूकम्पले क्षतिग्रस्त सम्पदाको पुनर्निर्माण पछिल्लो समय तिव्र गतिमा भइरहेको छ । प्राधिकरणले कोरोना संक्रमणको जोखिमकाबीच स्वास्थ्य मापदण्ड बनाएर निर्माण अघि बढाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *