आर्थिक

वीरगञ्ज महानगरपालिकाद्वारा लक्ष्यअनुसार राजश्व संकलन

हिमालय टिभी
२०७७ असार २९ गते १३:२९
वीरगञ्ज महानगरपालिकाद्वारा लक्ष्यअनुसार राजश्व संकलन

२९ असार, २०७७, वीरगञ्ज । लकडाउनका कारण सबैतिर कर संकलन घटिरहेका बेला वीरगञ्ज महानगरपालिकाले भने लक्ष्य अनुसार नै राजश्व संकनल गरेको छ ।

लकडाउन खुकुलो भएको असार १ गतेदेखि नियमित रुपमा राजश्व संकलन हुँदा महानगरले आफ्नो लक्ष्य भेटाउन सफल भएको हो ।

स्थानीय कर, घर जग्गा कर, मालपोत तथा भूमिकर,सम्पत्ति कर, व्यवसाय कर, व्यापारिक कर लगायतबाट महानगरले २५ दिनमै २० करोड २५ लाख रुपैयाँ संकलन गरेको छ ।

आर्थिक वर्ष २०७६–०७७ मा ४८ करोड ६६ लाख लक्ष्य राखेकोमा लकडाउनअघि २४ करोड ६० लाख संकलन भएको थियो । लकडाउनयता २० करोड २५ लाख रुपैयाँ संकलन गरी कूल ४४ करोड ८५ लाख रुपैयाँ संकलन गरिसकेको हो ।

अबका बाँकी दिनमा लक्ष्य पूरा हुने वीरगञ्ज महानगरले जनाएको छ । महानगरले राजश्वतर्फ २८ करोड ५१ लाख र मातपोत तर्फ १६ करोड ३५ लाख रुपैयाँ संकलन गरेको छ ।

वीरगञ्ज महानगरपालिकाअन्तर्गत पर्ने ठूला नीजि संस्था र सरकारी स्वामित्वका संस्थाहरुबाट भने साविकमा झैं यो आर्थिक बर्षमा पनि राजश्व तिरेका छैनन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *