राहत माग्दै सुर्खेतका व्यवसायी बजार बन्द गरेर आन्दोलनमा

हिमालय टिभी
२०७७ असार २९ गते १३:०७
राहत माग्दै सुर्खेतका व्यवसायी बजार बन्द गरेर आन्दोलनमा

२९ असार, २०७७ सुर्खेत । राहत माग गर्दै सुर्खेतका व्यवसायी बजार बन्द गरेर आन्दोलनमा उत्रिएका छन् ।

सरकारले व्यवसायीलाई राहत उपलब्ध गराउनुको सट्टा कर तथा ब्याज उठाउन लकडाउन खोलिएको भन्दै उनीहरुले बजार बन्द गराएका हुन ।

सुर्खेत उद्योग बाणिज्य संघका महासविच लक्ष्मण कंडेलले व्यवसाय बन्द भएको बेलामा सरकारले कर उठाएपछि आन्दोलनमा उत्रिएको बताउनुभयो ।

निजि क्षेत्रका लागि विशेष राहत प्याकेज घोषणा गर्नुपर्ने व्यवसायीको माग छ । कोरोना महामारीको विषम परिस्थितमा पनि बैंकले ब्याज बुझाउन ताकेता गरेको उनीहरुको गुनासो छ । व्यवसायीले हिजो दिउँसो राष्ट्र बैंकको कार्यालयमा एक घण्टा धर्ना दिएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *