इंग्लिस प्रिमियर लीगमा उल्फ्स, टोटेनह्याम, बर्नमाउथ र एस्टन भिल्ला विजयी

हिमालय टिभी
२०७७ असार २९ गते ९:२३
इंग्लिस प्रिमियर लीगमा उल्फ्स, टोटेनह्याम, बर्नमाउथ र एस्टन भिल्ला विजयी

२९ असार, २०७७ काठमाडौं । इंग्लिस प्रिमियर लीग फूटबलमा उल्फ्स, टोटेनह्याम, बर्नमाउथ र एस्टन भिल्ला विजयी भएका छन् ।

प्रिमियर लीग अन्तर्गत गएराति भएका खेलमा उल्फ्स, टोटेनह्याम, बर्नमाउथ र एस्टन भिल्लाले आ(आफ्ना खेलमा जित निकालेका हुन् ।

उल्फ्सले एभर्टनलाई ३(० गोलले पराजित गरेको छ । घरेलु मैदानमा उल्भ्सको जितमा राउल जेमिनेज, लिन्डर डेनडोन्कर र डिएगो जोटाले एक(एक गोल गरे । जितसँगै छैटौं स्थानमा रहेको उल्भ्सले ३५ खेलमा ५५ अंक जोडेको छ । एभर्टन ११ औं स्थानमा रहेको छ ।

यस्तै टोटेनह्यामले आर्सनललाई २(१ गोलले हराएको छ । नर्थ लण्डन डर्बीमा टोटेनह्यामले आर्सनललाई पराजित गरेको हो । घरेलु मैदानमा एक गोलको अग्रता उल्टाएर टोटेनह्याम विजयी भएको थियो ।

१६ औं मिनेटमा एलेक्सजेन्ड्रे लाकाजेट्ले गोल गर्दै आर्सनललाई शुरुवाती अग्रता दिलाएका थिए । लगत्तै १९ औं मिनेटमै सन ह्युङ मिनले गोल गर्दै टोटेनह्यामलाई १(१ गोलको बराबरीमा ल्याए ।

त्यसपछि ८१ औं मिनेटमा टोबे अल्डेरवेइरेल्डले गोल गर्दै टोटेनह्यामको जित सुनिश्चित पारेका थिए । जितसँगै ३५ खेलबाट ५२ अंक जोड्दै टोटेनह्याम आठौं स्थानमा उक्लिएको छ । समान खेलबाट ५० अंक जोडेको आर्सनल नवौं स्थानमा झरेको छ ।

उता बर्नमाउथले लेस्टर सिटीलाई ४(१ गोलले स्तब्ध पार्योा । घरेलु मैदानमा भएको खेलमा १० खेलाडीमा सीमित भएको लेस्टर सिटीलाई पराजित गरेर बर्नमाउथले रेलिगेशनबाट जोगिने सम्भावना कायमै राखेको छ ।

२३ औं मिनेटमा जेमी भर्डीको गोलसँगै लिएको अग्रता लेस्टर सिटीले जोगाउन सकेन । बोर्नमाउथले दोस्रो हाफमा लगातार तीन गोल गर्न सफल भयो भने एक गोल आत्मघातीको उपहार पाएको थियो । जितपछि रेलिगेशनमा रहेको बोर्नमाउथको ३५ खेलबाट ३१ अंक भएको छ भने पराजित भएको लेस्टर सिटी चौथो स्थानमा छ र उसको ३५ खेलबाट ५९ अंक छ ।

यस्तै लीग अन्तर्गत गएराति नै एस्टन भिल्लाले क्रिष्टल प्यालेसमाथि २–० को जित निकालेको छ । जितपछि एस्टन भिल्लाले पनि रेलिगेशनबाट जोगिने आशा जीवितै राखेको छ ।

घरेलु मैदानमा एस्टन भिल्लाको जितमा दुबै गोल ट्रेजेगुएटले गरेका हुन् । जितपछि १९ औँ स्थानको एस्टन भिल्लाको ३० अंक भएको छ । क्रिष्टल प्यालेस ४२ अंकसहित १४ औं स्थानमा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *