Political Hightlights

पार्टीमा कोही पनि महान राष्ट्रवादी र कोही राष्ट्रघाती दलाल छैनन्ः प्रचण्ड (भिडियोसहित)

हिमालय टिभी
२०७७ असार २८ गते २०:१८
पार्टीमा कोही पनि महान राष्ट्रवादी र कोही राष्ट्रघाती दलाल छैनन्ः प्रचण्ड (भिडियोसहित)

२८ असार, २०७७ चितवन । सत्तारुढ नेपाल कम्यूनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू लगायत अरु नेताविरुद्ध प्रधानमन्त्री ओलीका समर्थकले गरेको प्रदर्शन प्रति चर्को असन्तुष्टि व्यक्त गर्नुभएको छ ।

चितवनमा कार्यकर्तालाई सम्बोधन गर्दै प्रचण्डले पार्टीमा कोही महान राष्ट्रवादी र कोही राष्ट्रघाती दलाल नभएको बताउनुभयो । ओलीलाई महान राष्ट्रवादी र अरुलाई राष्ट्रघाती दलाल भनेर प्रचार भैरहेका बेला प्रचण्डले गृहजिल्ला चितवन पुगेर त्यसको प्रतिवाद गर्नुभएको छ ।

भारतले मलाई हटाउन खोज्यो त्यसमा पार्टीकै नेताको स्वर मिल्यो भनेर प्रधानमन्त्री ओलीले बोलेपछि हरेक दिन जसो प्रचण्ड सहित प्रधानमन्त्री ओलीको राजिनामा माग्ने नेताहरुका विरुद्ध प्रदर्शन भैरहेको छ । उनीहरुले प्रधानमन्त्री ओलीको राजिनामा माग्नेलाई भारतीय दलाल भनिरहेका छन ।

यो सबै ओलीकै निर्देशनमा भएको प्रचण्ड नेपाल पक्षको बुझाई छ । र, यसले प्रचण्ड नेपाल पक्षलाई अहिलेको अन्तरसंघर्षमा डिफेन्सिभ पोजिसनमा पुर्याएको छ । स्थायी कमिटी बैठक स्थगन भएपछि प्रचण्डले यसलाई चिर्ने कोशिस गर्नुभएको छ । आईतवार उहाँले पार्टीमा कोही महान राष्ट्रवादी र कोही भारतीय दलाल नभएको र नयाँ सबैले मिलेर ल्याएको बताउनुभयो ।

प्रचण्डको यो जवाफ आफूलाई मात्रै राष्ट्रवादी ठान्ने प्रधानमन्त्री ओली र उहाँका समर्थकलाई हो । नेपालमा राष्ट्रवादको नारा बिक्छ र अहिले नेकपा भित्रको अन्तरसंघर्षमा ओलीले आफूलाई राष्ट्रवादी र अरुलाई भारतीय ईशारामा चलेको भनेपछि त्यो पनि बिकीरहेको छ ।

नयाँ नक्सा ल्याएकोले भारतले हटाउने खोज्यो पार्टी भित्रबाट साथ पाइनँ भन्ने ओलीको दावीलाई गलत मात्रै भन्नुभएन, ओलीलाई साथ दिएको प्रष्ट्याउँदै राष्ट्रवादको विषयलाई जिन्दावाद र मुर्दावादको विषयमा बनाएको असन्तुष्टि व्यक्त गर्नुभयो । र, कार्यकर्तालाई पक्ष विपक्षमा नलाग्न अपील गर्नुभयो ।

आफूलाई भारतसँग जोडेर प्रचार गरिएकोमा र चितवनमै पनि प्रदर्शन भएपछि चर्को असन्तुष्टि जनाएका प्रचण्डले नयाँ नक्सा जारी गर्ने कामको आफ्नो अगुवाईमा पार्टीले गरेको दावी गर्नुभयो । त्यसका लागि उहाँले आफूले पार्टी कमिटीमा गरेका पहलको फेहरिस्त कार्यकर्ता सामू राख्नुभयो ।

ओली मात्रै होइन, आफू पनि कसरी राष्टवादी हुँ र त्यसका लागि के के गरें भनेर ुप्रचण्डुले कार्यकर्तालाई सम्झाउने कोशिस गर्नुभयो ।

सत्तारुढ नेकपा भित्रको विवाद पछिल्लो पटक मिलेको भनिएको छ,ओली र प्रचण्ड पक्षबाट यस्तै कुरा आइरहेका छन,तथापि त्यो कसरी मिल्यो भन्ने यकिन छैन । तर ओलीले फालेको भारतले मलाई हटाउन खोज्यो , अरु नेताको स्वर उतै मिल्यो र राजीनामा मागियो भन्ने राष्ट्रवादको कार्डले प्रचण्डहरुलाई डिफेन्सिभ बनाएको प्रचण्डकै अभिव्यक्तिले पुष्टि गर्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्