Main News

सञ्चारमन्त्रीले भने–भारतीय न्युज च्यानलमाथिको बन्देज तत्काल खोल्न सकिन्नँ

हिमालय टिभी
२०७७ असार २८ गते १८:४२
सञ्चारमन्त्रीले भने–भारतीय न्युज च्यानलमाथिको बन्देज तत्काल खोल्न सकिन्नँ

२८ असार, २०७७ काठमाडौं । भारतीय न्यूज च्यानलहरुमाथिको बन्देज तत्काल खोल्न नसकिने सरकारले स्पष्ट पारेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली र नेपालको विषयमा आपत्तिजनक सामग्री प्रसारण गरिरहेका भारतीय न्यूज च्यानलमाथिको बन्देज परिस्थिति अनुकुल नहुँदासम्म कायम रहने सरकारले बताएको हो । मिडिया सोसाइटीका प्रतिनिधिहरुसँगको भेटमा सरकारका प्रवक्ता डा. युवराज खतिवडाले परिस्थिति अनुकुल भएर ती मिडियाहरु नसुध्रिदासम्म बन्देज कायम राख्न सेवा प्रदायकहरुलाई आग्रह गरिएको बताउनुभयो ।

भारतीय मिडियाहरुको कदमलाई हामीले दुरासायपूर्ण भनेर भनिसकेका छौँ । केही च्यानल बन्द भएको अहिलेको अवस्था हो । सेवा प्रदायकहरुले स्वस्फुर्त रुपमा राष्ट्रियताप्रतिको जिम्मेवारी बोध गरेर प्रतिवन्ध लगाउनुभयो । परिस्थिति अनुकुल भएर ती मिडियाहरु नसुध्रिदासम्म प्रतिवन्ध कायम राख्न म अग्रह गर्दछु ।

सञ्चार मन्त्रालयको जिम्मेवारीमा समेत रहनुभएका अर्थमन्त्री डा. खतिवडाले सेवा प्रदायकहरुले राष्ट्रियताप्रतिको जिम्मेवारी बोध गर्दै बन्द गरेका भारतीय न्यूज च्यानलहरुमाथिको बन्देज तत्काल नखोलिने बताउनुभएको हो ।

नेपालीहरुको एकताबाट तर्सेर कुनै पनि मिडियाले अपमानित ढंगले जान नसुहाउने भएपनि भारतीय न्यूज च्यानलहरुले दुरासायपूर्ण रुपले अगाडी बढेकाले तत्काल प्रतिवन्ध नहट्ने उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘नेपालले नक्सा अद्यावधिक गरेर जारी गरेको अवस्था छ । राष्ट्रिय एकता र सबै नेपालीको ऐक्यवद्धता हामीले प्रदर्शन गरेका छौँ । यो नेपालीहरुको एकताबाट तर्सेको पनि हुन सक्छन । एकताबाट तर्सेर, चित्त नबुझेर भएपनि स्वस्थ्य छलफलबाट अघि बढ्न सकिने हुन्छ तर जुनसुकै माध्यमबाट पनि अपमानित गर्ने ढंगले जन कुनै पनि मिडियाले सुहाउँदैन । भारतीय मिडियाहरुको कदमलाई हामीले दुरासायपूर्ण भनेर भनिसकेका छौँ । केही च्यानल बन्द भएको अहिलेको अवस्था हो । सेवा प्रदायकहरुले स्वस्फुर्त रुपमा राष्ट्रियताप्रतिको जिम्मेवारी बोध गरेर प्रतिवन्ध लगाउनुभयो । परिस्थिति अनुकुल भएर ती मिडियाहरु नसुध्रिदासम्म प्रतिवन्ध कायम राख्न म अग्रह गर्दछु ।’’

नेपालले अद्यावधिक नक्सा जारी गरेदेखि नै भारतीय सञ्चार माध्यमहरुले आपत्तिजनक सामग्री प्रकाशन प्रशारण गर्दै आएका छन् । पछिल्लो समय प्रधानमन्त्री ओलीको नाम नै जोडेर विभिन्न सामग्री प्रकाशन÷ प्रशारण भएपछि नेपालमा भारतीय न्यूज च्यानलहरु बन्द गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *