बागमती प्रदेशले पहिरोमा परेर मृत्यु भएकाको परिवारलाई एक लाख राहत दिने

हिमालय टिभी
२०७७ असार २८ गते १८:२३
बागमती प्रदेशले पहिरोमा परेर मृत्यु भएकाको परिवारलाई एक लाख राहत दिने

२८ असार, २०७७, हेटौडा । बागमती प्रदेशले प्रदेशअन्तर्गत पहाडी जिल्लामा पहिरोका कारण मृत्यु भएका २५ परिवारलाई एक लाख राहतस्वरुप तुरुन्तै उपलब्ध गराउने भएको छ ।

प्रदेश मन्त्रिपरिषद्को आज बसेको बैठकले सिन्धुपाल्चोकसहितका जिल्लामा बाढी पहिरोमा मृत्यु भएकाका परिवारलाई राहत उपलब्ध गराउने निर्णय गरेको हो ।

बैठकले जोखिममा रहेका परिवारलाई अन्यत्र बसोबासका लागि सम्बन्धित जिल्लाका विपद् व्यवस्थापन समन्वय समितिलाई सक्रिय बनाउने र आवश्यक स्रोतसाधन उपलब्ध गराउने निर्णय पनि गरेको उद्योग पर्यटन वन तथा वाताबरण मन्त्री अरुण नेपालले जानकारी दिनुभयो ।

उहाँले आगामी साउन २ गते बस्ने प्रदेशसभाको बैठकमा प्रदेशमा आर्थिक कार्यविधि ऐनको प्रथम संशोधन २०७७ को मस्यौदा र वातावरण संरक्षण गर्न बनेको अध्यादेश २०७७ पेश गर्ने बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *