समाज

कानूनविपरीत शुल्क लिएर पीसीआर परीक्षण गर्ने अस्पतालमाथि कारबाहीको तयारी

हिमालय टिभी
२०७७ असार २८ गते १७:४९
कानूनविपरीत शुल्क लिएर पीसीआर परीक्षण गर्ने अस्पतालमाथि कारबाहीको तयारी

२८ असार, २०७७ काठमाडौं । कोरोनाको पीसीआर परीक्षणका नाममा कानूनविपरीत स्वाब संकलन गरी अवैध शुल्क उठाउने निजी अस्पताललाई सरकारले कारवाही गर्ने तयारी गरेको छ ।

राजधानीका गैरसरकारी अस्पतालले अनुमतिबिनै स्वाब संकलन गरी शुल्क लिएर कोरोना परीक्षण गरेको खबर आएसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले छानबिनको तयारी गरेको हो ।

यसबारे छानबिन गर्न लागेको स्वास्थ्य मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखाका प्रमुख डाक्टर विकास देवकोटाले हिमालय टेलिभिजनलाई जानकारी दिनुभयो ।

डाक्टर देवकोटाले अनुमति नलिई पीसीआर टेष्ट नगर्न र शुल्क नउठाउन सबै अस्पताललाई आग्रह गर्नुभयो । सरकारले कोरोना परीक्षणका लागि निजी अस्पताललाई पनि जिम्मेवारी दिने तयारी गरिरहेको छ ।

कानूनविपरीत स्वाब परीक्षण गर्ने भन्दै ग्राण्डी इन्टरनेशल अस्पताल धापासी, ह्याम्स अस्पताल धुम्बाराही र नेपाल मेडिकल कलेज अत्तरखेलले शुल्क उठाएको पाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *