समाज

ट्राफिक प्रहरीले गरे काठमाडौंको तीनकुनेमा वृक्षारोपण

हिमालय टिभी
२०७७ असार २८ गते १७:४३
ट्राफिक प्रहरीले गरे काठमाडौंको तीनकुनेमा वृक्षारोपण

२८ असार, २०७७ काठमाडौं । ट्राफिक प्रहरीले काठमाडौंको तीनकुनेमा विभिन्न थरिका तीन सय ५० विरुवा रोपेको छ ।

ट्राफिक प्रहरीको उपत्यका भित्रका ४५ वटा युनिटका इञ्चार्जले विरुवा रोपेका हुन । उपत्यकालाई हरियाली सहर बनाउने योजना अनुसार मूख्य मुख्य ठाउँमा वृक्षारोपण गरिने ट्राफिक प्रहरीले जनाएको छ ।

विरुवा नहुर्किदासम्म हरेक युनिटका इञ्चार्जले संरक्षण गर्ने र हुर्काउने काम गर्ने महानगरीय ट्राफिक महाशाखा प्रमुख भीम प्रसाद ढकालले जानकारी दिनुभयो ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलले हरियाली शहर बनाउन आम नागरिकलाई सकारात्मक सन्देश दिने उद्देश्यले वृक्षरोपण गरिएको बताउनुभयो ।

रोपिएका विरुवाको संरक्षण गर्ने र हुर्काउने जिम्मा ट्राफिक प्रहरीले आफैले लिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *