Political Hightlights

पार्टी नफुट्ने भन्दै चितवन पुगेर प्रचण्डले भने–पक्षविपक्षमा लाग्ने पछि पछुताउनुपर्नेछ

हिमालय टिभी
२०७७ असार २८ गते १५:०५
पार्टी नफुट्ने भन्दै चितवन पुगेर प्रचण्डले भने–पक्षविपक्षमा लाग्ने पछि पछुताउनुपर्नेछ

२८ असार, २०७७ चितवन । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी विभाजन हुन नदिइने भन्दै पक्षविपक्षमा नलाग्न कार्यकर्तालाई अपील गर्नुभएको छ ।

चितवनमा पार्टी कार्यकर्तालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले ओली र प्रचण्ड भनेर पक्षविपक्षमा लाग्ने कार्यकर्तापछि पछुताउनुपर्ने बताउनुभयो ।

आफू र अर्का अध्यक्ष ओलीलाई उक्साउने प्रवृत्ति पार्टीमा रहेको भन्दै प्रचण्डले त्यसलाई खबरदारी गर्न कार्यकर्तालाई आग्रह गर्नुभयो ।

तर पार्टीभित्रको विवादमा आफूहरुलाई भारत परस्त भनेर प्रचार गर्दै प्रदर्शन गरिएकोमा प्रचण्डले चर्को असन्तुष्टि व्यक्त गर्नुभयो । पार्टीमा सबै राष्ट्रवादी रहेको र नयाँ नक्सा मिलेरै बनाएको उहाँले बताउनुभयो ।

प्रचण्डले आफु र ओलीलाई उक्साइएको भने पनि त्यो को हो भन्ने खुलाउनु भएन । विभाजनको अवस्थामा पुगेको नेकपाको स्थायी कमिटी बैठक साउन २ गतेसम्मका लागि स्थगित भएपछि नेकपा नेताहरुले विभाजन टरेको बताईरहेका छन । र, पछिल्लो पटक प्रचण्डको पनि टोन डाउन देखिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्