Political Hightlights

प्रधानमन्त्री ओलीको देशभक्तिमाथि प्रश्न उठाउनेहरु पाखण्डी हुन्ः उपप्रम पोखरेल (भिडियोसहित)

हिमालय टिभी
२०७७ असार २८ गते १३:०६
प्रधानमन्त्री ओलीको देशभक्तिमाथि प्रश्न उठाउनेहरु पाखण्डी हुन्ः उपप्रम पोखरेल (भिडियोसहित)

२८ असार, २०७७ काठमाडौं । उपप्रधानमन्त्री एवं सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका सचिवालय सदस्य ईश्वर पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि पद नछोड्ने बताउनुभएको छ ।

हिमालय टेलिभिजनसँगको कुराकानीमा पोखरेलले पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै पद ओलीले नछोड्ने बताउनुभयो । प्रचण्ड र नेपाल पक्षले राजीनामाको माग गरिरहेका बेला पोखरेलले लेनदेन गरेर सहमति हुने संभावना नरहेको बताउनुभयो ।

नयाँ नक्सा प्रकरणमा ओलीले द्वैध चरित्र देखाएको भनेर पार्टीकै शीर्ष नेताहरुले ओलीको राष्ट्रवादमाथि प्रश्न उठाइरहेका बेला उपप्रधानमन्त्री पोखरेले ओलीको देशभक्तिमाथि प्रश्न नठाउन चेतावनी दिनुभयो । ओलीको देशभक्ति माथि प्रश्न उठाउनेहरु पाखण्डी भएको पोखरेलको टिप्पणी छ ।

पोखरेलले प्रष्ट नभने पनि प्रचण्ड र नेपाल लचिलो भए मात्रै सहमतिको संभावना रहेको संकेत गर्नुभयो । तर पार्टी नफुट्ने उहाँको दावी छ ।

भारतसितको सीमा विवाद वार्ताबाटै समाधान हुने र भारत वार्ताबाट भाग्न नपाउने उपप्रधानमन्त्री पोखरेलले बताउनुभयो । महाकाली सन्धि पुनरावलोनक हुने सक्ने पोखरेलले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्