समाज

लोहन्द्रा खोलामा पुल नहुँदा स्थानीयलाई यस्तो सास्ती (भिडियोसहित)

हिमालय टिभी
२०७७ असार २८ गते १२:४८
लोहन्द्रा खोलामा पुल नहुँदा स्थानीयलाई यस्तो सास्ती (भिडियोसहित)

२८ असार, २०७७, मोरङ । मोरङ कसेनीको लोहन्द्रा खोलामा पुल नहुँदा आवत जावतमा निक्कै समस्या हुने गरेको छ । २०७४ साल साउनमा आएको बाढीले लोहन्द्रा खोलाको पुल बगाएको थियो । तर अहिलेसम्म पुल नबनेपछि स्थानीयलाई खोला तर्न निकै समस्या भइरहेको छ ।

मोरङको कसेनीस्थित लोहन्द्रा खोलामा पुल नहुँदा स्थानीयले सधैं सास्ती खेपिरहेका छन । यहाँ पछिल्ला वर्षमा यसैगरी नोल लगाएर मोटरसाइकल तार्नु पर्छ । लोहन्द्रा खोला तरेर काम विशेषले मोरङको ग्रामथान गाउँपालिकाको नेताचोक हुँदै बेलबारी नगरपालिको बाहुनी भएर पूर्व–पश्चिम गर्नेसँग यसको बिकल्प छैन ।

उनीहरूले प्रत्येक पटक मोटरसाइक तारेको १ सय रूपैयाँ तिर्नुपर्छ । यहाँबाट दैनिक डेढसय वटासम्म मोटरसाइकल आवत–जावत गर्छन् । हिउँदमा बाँसको अस्थायी पुल बनाएर काम चलाए पनि बर्खायाम सुरु भएसँगै त्यस क्षेत्रका बासिन्दाको यात्रा सकसपुर्ण हुने गरेको छ ।

२०७४ सालमा आएको बाढीले यहाँको पुल भत्काएको थियो । त्यसपछि पुल बनेको छैन । गाउँलेले अस्थायी रुपमा बनाएको बाँसको पुल पनि केही दिनअघि आएको बाढीले बगाइदिएको छ ।अहिलेपनि लोहन्द्रा खोलामा बाढीको भेल वगीरहेको छ, तर पनि स्थानीय बासिन्दा ज्यानको परवाह नगरी खोला वारपार गर्न वाध्य छन ।

लोहन्द्रा खोलाको पुल सुनसरी मोरङ सिचाई आयोजना निर्माण हुँदा नै बनाइएको थियो । र यो पुल सिचाइकै स्वामित्वमा थियो । तर बाढीले पुलसँगै सिंचाई आयोजनाका साइफन पनि बगाएको छ । बाढीले पुल बगाएको तीन वर्षमा पनि सुनसरी–मोरङ सिचाइँ आयोजनाले पुल बनाउन सकेन । उसले भर्खरै पुल निमार्णको लागि ठेक्का लगाएको छ ।

पुलको निर्माणको ठेक्का २९ करोड ९७ लाख ५७ हजार ७ सय ७१ रूपैयाँमा आशिष समिनारायण आर्शिवाद जे।भी। धरानले लिएको छ । गत चैत ३० गते सम्झौता भएको भए पनि निर्माण प्रक्रिया अगाडि बढेको छैन ।

२०८० सालको भदौ ३० गतेसम्ममा पुल निर्माण सक्ने सम्झौतामा उल्लेख छ । समयमा नै पुल बने पनि अझै ३ वर्ष स्थानीय बासिन्दाले यस्तै सास्ती खेप्नुको बिकल्प छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *