समाज

झापामा बाढीले बगाउँदा एक जनाको मृत्यु, एक जना बेपत्ता

हिमालय टिभी
२०७७ असार २८ गते १२:३९
झापामा बाढीले बगाउँदा एक जनाको मृत्यु, एक जना बेपत्ता

२८ असार, २०७७। झापा । केही दिनदेखि परिरहेको अविरल वर्षाका कारण नदीमा आएको बाढीमा परेर झापामा एक जनाको मृत्यु भएको छ । अर्का एक जना बेपत्ता छन् ।

जिल्लाको झापा गाउँपालिका–५ का ३५ वर्षीय राजेश गणेशको मृत्यु भएको प्रहरीले जनाएको छ । मलामी जाने क्रममा खोलामा पौडी खेलिरहेका वेला बगाएपछि उहाँ बेपत्ता हुनुभएको थियो ।

भद्रपुर नगरपालिका–३ को मेची खोलामा आएको बाढीले बगाउँदा अर्का एक जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा स्थानीय ३३ वर्षीय हिरण राई हुनुहुन्छ। नुहाउने क्रममा उहाँ बेपत्ता भएको झापा प्रहरीले जनाएको छ ।

यसैबीच झपाको कनकाई नदीको भंगालो बस्तीमा पस्दा शिवसताक्षी नगरपालिका वार्ड नम्बर ६ का १५ घर परिवारका सदस्यलाई सुरक्षित स्थानमा सारिएको छ। उनीहरूलाई अहिले इलाका प्रहरी कार्यालय शिवगञ्जमा राखिएको छ।

अविरल बर्षाका कारण आएको बाढीले कनकाई नदीको बहावले खतराको तह पार गरिसकेको छ। नदी आसपासका क्षत्रे डुवान तथा कटानको खतरामा पर्दै गएका हाम्रा झापा सहकर्मी पंकज शर्माले जनाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *