Main News

म्याग्दीमा पहिरोले पुर्दा मृत्यु हुनेको संख्या २७ पुग्यो, ४ जना अझै बेपत्ता (भिडियोसहित)

हिमालय टिभी
२०७७ असार २७ गते १९:२९
म्याग्दीमा पहिरोले पुर्दा मृत्यु हुनेको संख्या २७ पुग्यो, ४ जना अझै बेपत्ता (भिडियोसहित)

२७ असार, २०७७ म्याग्दी । बाढी पहिरोले म्याग्दीमा जनधनको ठुलो क्षति गरेको छ । हिजो गएको पहिरोमा पुरिएर म्याग्दीका विभिन्न स्थानमा २७ जनाको मृत्यु भएको छ ।

४ जना अझै हराइरहेका छन् । बेपत्तामध्ये ३ जना सम्पर्कमा आएका छन् । जिल्लाको धौलागिरी गाउँपालिका वडा नम्वर ६ मराङमा मात्रै १८ जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी प्रमुख किरण कुँवरले दिएको जानकारी अनुसार स्थानीय तुलबहादुर क्षेत्री, सुकना लामगादे, आशिस लामगादे, आयुष लामगादे, आयुषा लामगादे, रेश्मा सुनार, मन सुनार, कमला श्रीपाली, सुरक्षा श्रीपाली, सुरज श्रीपाली, प्रकाश के।सी, हिरा मति जुग्जाली, करिश्मा जुग्जाली, कञ्चन जुग्जाली, गौशरा जुग्जाली, दिमा जुग्जाली, दिप्ती जुग्जाली, दिवान जुग्जालीको पहिरोमा पुरिएर मृत्यु भएको छ ।

यस्तै मालिका गाउँपालिका वडा नम्वर ७ विममा ८ जनाको मृत्यु भएको छ । त्यहाँ ईच्छा पौडेल, गौदेवी नेपाली, विशेष नेपाली, विर बहादुर नेपाली, ३ महिनाकी नाबालिका निशा नेपाली, बिष्णु नेपाली र सन्दिप नेपालीको मृत्यु भएको प्रहरीले जनाएको छ । मालिकाका एलिसा केसी र गीता रोका तथा धौलागिरीका जनिमा केसी र सविन पुन हराइरहेका छन् ।

पहिरोमा परेर १२ जना घाइते भएका छन् । तीमध्ये ५ जनालाई उपचारका लागि पोखरा ल्याइएकोमा मणिपाल अस्पतालले गम्भीर अवस्थाका एक जनालाई काठमाडौं रिफर गरेको छ । ७ जनाको बेनी अस्पतालमा उपचार भइरहेको छ ।

जिल्लामा पहिरोका कारण जोखिममा परेका ८ सय ९६ जनालाई सुरक्षित स्थानमा सारिएको छ । २ जना र धौलागिरी गाउँपालिकाका २ जना हराइरहेका छन् । धौलागिरी गाउँपालिकाका हराइरहेका ३ जना सम्पर्कमा आएको प्रहरीले जनाएको छ ।

धौलागिरी गाउँपालिकाका सबैभन्दा बढी ५ सय ९० जना मालिकाका १ सय ९६ जना विस्थापित भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *