Main News

कोरोना रोकथामसम्बन्धी मापदण्ड कडाइका साथ पालना गर्न निर्देशन

हिमालय टिभी
२०७७ असार २७ गते १९:०५
कोरोना रोकथामसम्बन्धी मापदण्ड कडाइका साथ पालना गर्न निर्देशन

२७ असार, २०७७ काठमाडौं । सरकारले कोरोना भाइरसको संक्रमण रोकथामका लागि बनाइएको स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गर्न निर्देशन दिएको छ ।

सरकारले भौतिक दूरी कायम गरेर र अनिवार्य मास्क लगाएर कार्यालय खोल्न र व्यापार व्यवसाय गर्न दिने मापदण्ड बनाएको छ ।

यस्तै आगन्तुक र कर्मचारीको अनिवार्य ज्वरोको जाँच गर्नुपर्ने र कार्यालय प्रवेश गर्ने स्थलमा साबुन पानी र स्यानिटाइजर राख्नुपर्ने व्यवस्था छ । स्वास्थ्य मन्त्रलायका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमले यो मापदण्ड अनिवार्य पालन गर्न आग्रह गर्नुभयो ।

सरकारले लकडाउन खुकुलो बनाएसँगै शहरी क्षेत्रको जनजीवन पूर्ववत् अवस्थामा फर्केको छ । भीडभाड गर्ने, मास्क नलगाइँ हिँड्ने र स्वास्थ्य मापदण्ड पालना नगर्ने क्रम बढेको छ ।

योसँगै काठमाडौंमा कोरोना संक्रमण पनि बढिरहेकाले सावधानी अपनाउन मन्त्रालयले आग्रह गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *