Main News

३३ किलो सुन तस्करी गरेको आरोपमा युएईमा पक्राउ परेका एक जनालाई काठमाडौं ल्याइयो

हिमालय टिभी
२०७७ असार २७ गते १५:०२
३३ किलो सुन तस्करी गरेको आरोपमा युएईमा पक्राउ परेका एक जनालाई काठमाडौं ल्याइयो

२७ असार, २०७७ काठमाडौं । तेत्तीस किलो सुन तस्करी गरेको आरोपमा युएईमा पक्राउ परेका एक जना आरोपीलाई आज काठमाडौं ल्याइएको छ ।

इन्टरपोलमा रेडकर्नर नोटिस जारी भएपछि यूएईमा समातिएका हरिशरण खड्कालाई आवश्यक कानूनी प्रक्रिया पुरा गरेर आज काठमाडौं ल्याइएको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएका खड्कालाई आजै महानगरीय प्रहरी वृत्त गौशालामा जिम्मा लगाइएको छ । उनी २०७५ माघमा यूएईमा समातिएका थिए । खड्कासहित प्रकरणमा संलग्न १२ जनाविरुद्ध इन्टरपोलमा रेड नोटिस जारी भएको थियो ।

काभ्रे घर भएका ४२ वर्षीय खड्का एक दशकयता यूएईमै बस्दै आएका थिए । वैदेशिक रोजगारीका लागि गएका उनी पछिल्ला वर्षहरुमा जागिर छाडेर सुन तस्करीमा लागेको प्रहरीको आरोप छ ।

केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले २०ठघ साल पुस २१ गते बरामद गरेको साढे ३३ किलो सुन तस्करीमा उनी संलग्न रहेको प्रहरीको आरोप छ । नेपालमा रहेका सुन व्यवसायीसँग मिलेर उनले दुबईबाट सुन पठाउने गरेका थिए ।

पछिल्ला वर्षहरुमा मोरङ, उर्लाबारीका गोरे भनिने चुडामणि उप्रेतीमार्फत उनले सुन नेपाल भित्र्याउने गरेको उच्च स्तरीय सुन अनुसन्धान समितिले सार्वजनिक गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *