Main News

बाढीपहिरो पीडितलाई सार्वजनिक भवन र विद्यालयमा राख्ने तयारी

हिमालय टिभी
२०७७ असार २७ गते १४:३५
बाढीपहिरो पीडितलाई सार्वजनिक भवन र विद्यालयमा राख्ने तयारी

२७ असार, २०७७ काठमाडौं । सरकारले बाढी पहिरो पीडितलाई तत्काल उद्धार गरी सार्वजनिक भवन र विद्यालयमा राख्न सकिने बताएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले बाढी पहिरोले क्षति बढाइरहेका बेला उद्धार, राहत र पुनर्स्थापनाका विषयमा सरोकारवालासँग छलफल गरेको हो ।

छलफलमा प्रधानमन्त्री केपी शर्मा ओली, विपक्षी दलका नेता शेरबहादुर देउवा लगायत सरोकारवाला मन्त्री र सुरक्षा निकायका प्रमुख सहभागि थिए ।

गृहमन्त्रालय अन्तर्गतको राष्ट्रिय आपतकालिन कार्य सञ्चालन केन्द्रको तथ्याङ्क अनुसार हिजो बाढी र पहिरोबाट ८ जिल्ला प्रभावित भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *