विश्वमा कोरोन संक्रमण दर फेरि पनि उच्च विन्दुमा, दुई लाख ३६ हजार बढी संक्रमित

हिमालय टिभी
२०७७ असार २७ गते ८:२२
विश्वमा कोरोन संक्रमण दर फेरि पनि उच्च विन्दुमा, दुई लाख ३६ हजार बढी संक्रमित

२७ असार, २०७७ काठमाडौं । विश्वभर कोरोना संक्रमणको दर फेरि उच्च विन्दुमा पुगेको छ । अमेरिका र भारतमा अहिलेसम्मकै उच्च संक्रमण दर देखिएको छ भने विश्वमा एकै दिन दुई लाख ३६ हजार ९ सय १८ जनामा संक्रमण देखिएको छ ।

अमेरिका, ब्राजिल, भारत,पाकिस्तान लगायतका मुलुकमा संक्रमितको संख्या तिव्र गतीमा बढीरहेको छ । विश्वमा एकै दिन दुई लाख ३६ हजार ९ सय १८ जना संक्रमित फेला परेका छन् जुन कोरोना संक्रमण शुरु भएयताकै सबैभन्दा उच्च हो ।

सबैभन्दा बढी अमेरिकामा एकै दिन ७१ हजार ७ सय ८७ जनामा संक्रमण देखिएको छ । अमेरिकामा एकै दिन संक्रमित हुनेको संख्या यो नै अहिलेसम्मको उच्च हो ।

अमेरिकामा संक्रमितको संख्या ३२ लाख ९१ हजार ७ सय ८६ पुगेको छ । थप ८४९ जनाको मृत्यु भएसँगै मृतकको संख्या एक लाख ३६ हजार ६७१ पुगेको छ ।

भारतमा एकैदिन २७ हजार ७ सय ६१ जना संक्रमित थपिएका छन् । भारतमा पनि यो अहिलेसम्मकै उच्च संक्रमण दर हो । थप ५२१ जनाको मृत्यु भएको छ । भारतमा मृत्युदर पनि बढीरहेको छ । भारतमा संक्रमितको संख्या ८ लाख २२ हजार ६ सय ३ पुगेको छ भने २२ हजार एक सय ४४ जनाको ज्यान गइसकेको छ ।

यता ब्राजिलमा पनि कोरोना संक्रमण दर फेरि उच्च विन्दुमा पुगेको छ । एकै दिन ४५ हजार २३५ जना संक्रमित भएका छन् । योसँगै ब्राजिलमा संक्रमितको संख्या १८ लाख ४ हजार नाघेको छ । यस्तै थप एक हजार दुई सय ७० जनाको मृत्यु भएसँगै मृतकको संख्या ७० हजार ५२४ पुगेको छ ।

विश्वभर एकै दिन दुई लाख ३७ हजार जनामा कोरोना देखिएसँगै संक्रमितको संख्या एक करोड २६ लाख १६ हजार ५ सय ८९ जना संक्रमित भएका छन् । मृत्यु हुनेको संख्या ५ लाख ६२ हजार ३९ पुगेको छ भने ७३ लाख २७ हजार मानिस कोरोनाको उपचारपछि घर फर्किएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *