खेलकूद

रियल मड्रिड स्पेनिस ला लिगा फूटबलको उपाधि नजिक

हिमालय टिभी
२०७७ असार २७ गते ८:०९
रियल मड्रिड स्पेनिस ला लिगा फूटबलको उपाधि नजिक

२७ असार, २०७७ काठमाडौं । रियल मड्रिडले आफ्नो स्पेनिस ला लिगा फूटबलको उपाधि जितको सम्भावना थप बलियो बनाएको छ ।

गएराति अलाभेसमाथि २(० गोलको सहज जित दर्ता गर्दै रियल ला लिगाको उपाधि यात्राको थप नजिक पुगेको हो । घरेलु मैदान अल्फ्रेडो डी स्टेफानोमा सम्पन्न खेलमा रियलको जितमा करिम बेन्जिमा र मार्को असेन्सियोले एक(एक गोल गरे ।

बेन्जिमाले ११ औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै रियललाई अग्रता दिलाएका थिए । जिमो नाभारोले फेरलान्ड मेन्डीलाई फल गरेपछि रियलले पेनाल्टीको अवसर पाएको थियो ।

त्यसपछि एसेन्सियोले ५० औं मिनेटमा गोल गर्दै रियलको जित सुनिश्चित पारेका थिए । अब रियललाई यस सिजनको उपाधि जित्न मात्र दुई जितको आवश्यक रहेको छ । शीर्ष स्थानको रियलले ३५ खेलबाट ८० अंक जोडेको छ ।

उसले दोस्रो स्थानको बार्सिलोनासँग ४ अंकको दूरी समेत बढाएको छ । ला लिगा अन्तर्गत नै गएराति भएको अर्को खेलमा ग्रानाडाले रियल सोसिडाडलाई ३(२ गोलले पराजित गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्