अन्तर्वार्ता

भारतीय टेलिभिजनको अफवाह डरलाग्दो अवस्थामाः डा. कुन्दन अर्याल, वरिष्ठ पत्रकार (भिडियोसहित)

हिमालय टिभी
२०७७ असार २६ गते १४:०२
भारतीय टेलिभिजनको अफवाह डरलाग्दो अवस्थामाः डा. कुन्दन अर्याल, वरिष्ठ पत्रकार (भिडियोसहित)

वरिष्ठ पत्रकार डा. कुन्दन अर्यालले नेपालविरुद्ध भारतीय च्यानलले प्रशारण गर्ने अफवाह निक्कै डरलाग्दो अवस्थामा पुगेको बताउनु भएको छ । उहाँले भारतीय च्यानलको अफवाह सरकारले भन्दा पनि जनताले रचनात्मक प्रतिवाद गर्ने समय आएको बताउनुभयो ।

हिमालय टेलिभिजनको कार्यक्रम समय सन्दर्भमा कुरा गर्दै उहाँले यो साँस्कृतिक विस्तारवादी चाहन भएको बताउनुभयो । उहाँले यस्तै अवस्था रहे त्यो नेपालका लागि भन्दा पनि भारतका लागी खतरा भएको बताउनु भयो ।

कूटनीतिक सम्बन्ध सरकारले चाल्ने भन्दै जनताको चाहना अनुसार टेलिभिजन सेवा प्रदायकहरूले भारतीय न्यूज च्यानलको नेपालमा प्रशारणमा रोक लगाउनु ठिक भएको उहाँको मूल्याङकन छ । उहाँले आजको समाजमा भारतले नेपाललाई साँस्केतिक दबावमा राख्न खोज्नु गलत भएकाले उनीरुको संस्कार नेपालले लिने हो भने नेपालको पनि उनीहरुले ग्रहण गर्नुपर्ने बताउनुभयो ।

साथै भारतीय च्यानलले प्रशारण गर्ने अफवाह र शैली छिमेकीको लागि मात्रै टाउको दुखाई नभएर यस्तै अवस्था रहे, भारतलाई झन ठुलो समस्या हुने उहाँको भनाइ छ । भारतीय पत्रकार र टेलिभिजनको योस्तरको प्रस्तुती हुनु मोदी सरकारकै योजना रहेको उहाँको दाबी छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्