Political Hightlights

नेकपा स्थायी कमिटी बैठक शुक्रबारसम्मका लागि स्थगित

हिमालय टिभी
२०७७ असार २६ गते १२:४०
नेकपा स्थायी कमिटी बैठक शुक्रबारसम्मका लागि स्थगित

२६ असार, २०७७ काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाको स्थायी समिति बैठक फेरी स्थगित भएको छ ।

आज बिहान ११ बजेका लागि बोलाइएको बैठक एक सातासम्मका लागि स्थगित गरिएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

देशभर बाढी पहिरोको प्रकोपले ठूलो जनधनको क्षति पुर्‍याएको परिस्थितिलाई मध्यनजर गर्दै बैठक आगामी शुक्रबारसम्म स्थगित गरिएको प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो ।

सम्पूर्ण पार्टीपंत्तिलाई उद्दार एवं राहतमा लाग्न र आसन्न सम्भावित क्षतिलाई सकेसम्म रोक्ने काममा लाग्न पार्टीको तर्फबाट निर्देशन दिँदै स्थायी कमिटीको स्थगित गरिएको श्रेष्ठको भनाइ छ ।

नेकपा स्थायी कमिटीका अधिकांश सदस्यहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेपछि आन्तरिक किचलो उत्कर्षमा पुगेको छ । पार्टी विभाजनको संघारमा पुगेपछि सहमति खोज्न भन्दै यसअघि पनि ४ पटक बैठक स्थगित गरिएको थियो ।

अध्यक्षद्वय ओली र प्रचण्डबीच सहमतिको प्रयासका लागि बैठक स्थगित गरिएको भनिए पनि सहमतिको प्रयासले सार्थकता पाउन सकेको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्