Main News

बाह्रविसे पहिरोमा बेपत्ता भएकाहरुको खोजी कार्य जारी

हिमालय टिभी
२०७७ असार २६ गते ७:५७
बाह्रविसे पहिरोमा बेपत्ता भएकाहरुको खोजी कार्य जारी

२६ असार, २०७७ चौतारा । सिन्धुपाल्चोकको भोटेकोशी र जम्बुमा बाढी र पहिरोमा परि बेपत्ता भएकाहरुको खोजि कार्य जारी छ ।

बाह्रविसे नगरपालिकाको जम्बुमा हराईरहेका १६ जना र भोटेकोशीमा हराईरहेका ४ जनाको खोजिका लागि बिहानैदेखि टोली परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले जानकारी दिनुभयो ।

जम्बुमा हराईरहेकाहरु पुरीएको हुनसक्ने आशंकामा स्काभेटरसहित प्रहरी परिचालन गरिएको ढकालले जानकारी दिनुभयो । भोटेकोशीमा बेपत्ता भएकाहरु भने नदीले बगाएको हुनसक्ने आशंकामा आसपासका क्षेत्रमा खोजतलाश थालिएको छ ।

अविरल बर्षापछि हिजो राति आएको बाढी पहिरोले सिन्धुपाल्चोकको बाह्रविसे र भोटेकोशी क्षेत्रमा जनधनको क्षति गरेको छ । घटनामा २ जनाको मृत्यु भएको छ भने बेपत्ता भएका २० जनाको खोजि कार्य आज पनि जारी रहेको छ ।

७ जना घाइतेलाई उपचारका लागि काठमाडौं ल्याइएको छ । उनीहरु सबैको ह्याम्स अस्पतालमा उपचार भइरहेको छ । घाइते मध्ये १ जना ७० वर्षे महिलाको अवस्था गम्भीर छ । बाढीले एक दर्जनभन्दा बढी घर बगाएको छ । दर्जनौ सवारी साधनमा पनि क्षति पुगेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *