आर्थिक

बारामा यसरी बढ्यो वन अतिक्रमण (भिडियोसहित)

हिमालय टिभी
२०७७ असार २४ गते १८:३६
बारामा यसरी बढ्यो वन अतिक्रमण (भिडियोसहित)

२४ असार, २०७७, वीरगञ्ज । बारा जिल्लाका केहि स्थान पुनः वन क्षेत्रमा फर्काउन सफल भए पनि संरक्षणमा निरन्तरता हुन सकेको छैन । जस्ले गर्दा पुनः अतिक्रमण हुने क्रम बढेको छ ।

बारामा ४१ समुदायिक वन, ४ साझेदारी वन, पर्सा राष्ट्रिय निकुञ्ज र निजि वन क्षेत्र छन् । चुरे क्षेत्र लगायत अमलेखगंजको चकरी, नयाँ बस्ती, रत्तनपुरीको दमकपुर, भक्तलाल, भरतगंज, सिंगैल, ककरी, बोद्धवन, हरैया, जैतापुर, पथलैया लगायतको विभिन्न स्थानमा अहिलेसम्म ११ हजार १९४ हेक्टर वन क्षेत्र अतिक्रमण भएको छ ।

बाराको साविक रत्तनपुरी, भरतगंज, सिंगैल, कोलबी, सपही, प्रसौना, ककरी गाविसका बस्तीका अधिकांश भुभाग वन जंगलसंग जोडिएको छ । वन जंगल जोडिएको बस्तीमा वन क्षेत्र अतिक्रमण भएका हुन् । अतिक्रमण जोगाउन अग्नि रेखा निर्माण गरिएको क्षेत्रमा निर्धक्क पक्की, कची संरचना बनेका छन् । वास्तविक सुकुम्बासीलाई बासको व्यवस्था गरेर अतिक्रमित क्षेत्रलाई पुन बनमै फर्काउने सामुदायीक वन उपभोक्ता महासंघले जनाएको छ ।

४५ हजार हेक्टर भुभाग ओगटेको बाराको बन अहिले घटेर ३१ हजार हेक्टरमा सिमित भएको छ । कतिपय बाराको जंगल राष्ट्रिय गौरवका आयोजना फास्ट ट्रयाक, दोश्रो अन्तर्राष्ट्रिय विमानस्थलले समेत ओगटेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *