Political Hightlights

पार्टी नेताविरुद्ध सडकमा भइरहेको प्रदर्शन रोक्न प्रधानमन्त्रीसँग प्रचण्डको आग्रह

हिमालय टिभी
२०७७ असार २४ गते १४:२०
पार्टी नेताविरुद्ध सडकमा भइरहेको प्रदर्शन रोक्न प्रधानमन्त्रीसँग प्रचण्डको आग्रह

२४ असार, २०७७ काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू लगायत पार्टीका नेताविरुद्ध सडकमा भइरहेको प्रदर्शन रोक्न प्रधानमन्त्री एवं पार्टीका अध्यक्ष केपी शर्मा ओलीसँग आग्रह गर्नुभएको छ ।

ओली निकट युवा विद्यार्थीले सडकमा प्रचण्डसहितका नेताहरुविरुद्ध प्रदर्शन गरेपछि प्रचण्डले तत्काल सडकमा भैरहेको प्रदर्शन रोक्न आग्रह गर्नुभएको हो ।

प्रचण्डले ओलीलाई टेलिफोनमा भनेको कुरा उधृत गर्दै स्रोतले भन्यो– ‘तपाईँले तत्काल प्रदर्शन रोक्नुस् । यसले पार्टी एकतालाई फाइदा गर्दैन । अर्को पक्षले पनि ठूलो संख्यामा प्रदर्शन गरेमा परिणाम के हुन्छ ?’

प्रचण्डले ओलीलाई टेलिफोनमा भनेको कुरा उधृत गर्दै स्रोतले भन्यो– ‘तपाईँले तत्काल प्रदर्शन रोक्नुस् । यसले पार्टी एकतालाई फाइदा गर्दैन । अर्को पक्षले पनि ठूलो संख्यामा प्रदर्शन गरेमा परिणाम के हुन्छ ?’

त्यस्तै सामाजिक सञ्जालमा गरिएका गलत टिप्पणी रोक्न पनि प्रचण्डले ओलीलाई सचेत गराउनुभएको छ । सडकमा भैरहेको प्रदर्शन र सामाजिक सञ्जालमा भैरहेका टिप्पणीले पार्टी एकतालाई कमजोर पार्ने प्रचण्डको भनाइ छ ।

ओलीले पनि प्रचण्डलाई पार्टी केन्द्रीय कार्यालयमा भैरहेको धर्ना पनि बन्द गर्न आग्रह गरेको प्रधानमन्त्री निकट स्रोतले जनाएको छ ।

स्थायी कमिटीमा ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्षबाट राजिनामा दिनुपर्ने माग उठेपछि ओली पक्षका कार्यकर्ताले प्रचण्ड सहितका वरिष्ठ नेताहरु विरुद्ध प्रदर्शन गरिरहेका छन । र, यो ओलीकै निर्देशनमा भएको प्रचण्ड र अरु नेताको बुझाई छ ।

शीर्ष नेताहरु वार्ता र संवादकै क्रममा रहेका बेला ओलीले आफू निकट युवा विद्यार्थीलाई बालुवाटार बोलाएर सडकमा प्रदर्शन चर्काउन निर्देशन दिनुभएको थियो । र, त्यसैका आधारमा प्रदर्शन भैरहेका छन । यस्तै पार्टी केन्द्रीय कार्यालयमा पनि पार्टी फूटाउन नहुने माग गर्दै प्रचण्ड नेपाल पक्षका नेता कार्यकर्ता धर्नामा छन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्