Main News

नेपाल प्रवेश गरेको सलह किरा निष्क्रिय भएको सरकारी दाबी

हिमालय टिभी
२०७७ असार २४ गते १३:१६
नेपाल प्रवेश गरेको सलह किरा निष्क्रिय भएको सरकारी दाबी

२४ असार, २०७७ काठमाडौं । प्लाण्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रले नेपाल आएको सलह किरा निष्क्रिय भएको जनाएको छ ।

गएको तीन दिनदेखि सलहको झुण्ड कतै नदेखिएको, मरेका सलह भेटिएको र निरन्तर पानी परिरहेकोले नेपाल आएका सलह अब सक्रिय हुने सम्भावना सकिएको केन्द्रका प्रमुख सहदेव प्रसाद हुमागाईंले जानकारी दिनुभयो ।

सलह किरा १६ डिग्री सेल्सियसभन्दा तलको तापक्रममा नबाँच्ने, हावाका कारण सलह लेकतर्फ लागेको, नेपाल आएका झुण्ड तितरबितर भएको र पानी पर्दा सक्रिय हुन नसक्नेजस्ता कारण नेपाल आएको सलहले धेरै क्षति गर्न नपाएको केन्द्रले जनाएको छ ।

बाग्लुङको ढोरपाटन क्षेत्रमा धेरैको सङ्ख्यामा सलह मरेको पाइएको उहाँको भनाई ५ । यस्तै कालीकोट, रुकुम, मुस्ताङलगायतका ठाउँमा झुण्ड पुगे पनि चिसो हावापानीको कारण आफै मरेका हुन सक्ने केन्द्रले जनाएको ५ ।

नेपाल भित्रिएका झण्डै ८० लाख सलह किरा स–साना झुण्डमा बाँडिएर देशका ५५ वटा जिल्लामा पुगेका थियो । सलहले दाङ, प्युठान, मकवानपुर, अर्घाखाँची र पाल्पामा बढी क्षति पुर्‍याएको प्लान्ट क्वरेण्टीन तथा विषादी व्यवस्थापन केन्द्रले जनाएको छ । भारतमा रहेको अरु झुण्ड नेपाल आउने सम्भावना भने कायमै रहेको हुमागाँईले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *