Political Hightlights

नेकपा स्थायी कमिटी बैठक फेरि स्थगित, दुई अध्यक्षबीच छलफल जारी रहने

हिमालय टिभी
२०७७ असार २४ गते १२:४२
नेकपा स्थायी कमिटी बैठक फेरि स्थगित, दुई अध्यक्षबीच छलफल जारी रहने

२४ असार, २०७७ काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक फेरि स्थगित भएको छ।

आज बिहान ११ बजे बस्ने भनिएको बैठक असार २६ गते बिहान ११ बजे बस्ने गरी स्थगित भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो ।

पार्टीमा विवाद साम्य हुन नसकेपछि बैठक चौथो पटक स्थगित गरिएको हो। हिजो दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच स्थायी कमिटी बैठक नरोक्ने र विवाद समाधानका लागि दुई अध्यक्षबीच संवाद पनि जारी राख्ने सहमति भएको बताइएको थियो । तर बैठक आज फेरी स्थगित गरिएको छ ।

समस्या समाधानका लागि ओली र प्रचण्डबीच लगातार वार्ता हुँदै आएको छ । हिजो पनि वार्ता गरेका ओली–प्रचण्डले आज पनि छलफल गर्दै छन् ।

आज दिउँसो चार बजे दुई अध्यक्षबीच छलफल हुने प्रचण्डको सचिवालयले जनाएको छ । दुई अध्यक्षबिच सहमति गरेपछि वा सहमतिको संकेत देखिएपछि मात्रै स्थायी कमिटि बैठकलाई निरन्तरता दिने तयारी भएको बुझिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्