इंग्लिस प्रिमियर लीगमा चेल्सी र वाटफोर्ड विजयी

हिमालय टिभी
२०७७ असार २४ गते ८:००
इंग्लिस प्रिमियर लीगमा चेल्सी र वाटफोर्ड विजयी

२४ असार, २०७७ काठमाडौं । इंग्लिस प्रिमियर लीग फूटबलमा चेल्सी र वाटफोर्ड विजयी भएका छन् ।

प्रिमियर लीग अन्तर्गत चेल्सीले क्रिस्टल प्यालेसमाथि ३(२ गोलको जित निकालेको हो । क्रिस्टलको मैदानमा चेल्सीलाई जित दिलाउन ओलिभर जिरुड, क्रिस्टियन पुलिसिच र टामी अब्राहमले एक(एक गोल गरे ।

क्रिस्टलका तर्फबाट विल्फ्रेड जाहा र क्रिस्टियन बेन्टेकेले एक(एक गोल फर्काए । छैठौं मिनेटमै चेल्सीले जिरुडको गोलसँगै अग्रता लिएको थियो । विलियनको पासमा जिरुडले सहज गोल गरेका थिए ।

त्यसपछि २७ औं मिनेटमा पुलिसिचले चेल्सीका लागि अर्को गोल थपे । ३४ औं मिनेटमा क्रिस्टल प्यालेसका जाहाले गोल थपे । खेलको ७१ औं मिनेटमा अब्राहमले गोल गर्दै चेल्सीलाई ३(१ को अग्रता दिलाए ।

७२ औं मिनेटमा क्रिस्टल प्यालेसका बेन्टेकेले गो गरेपछि चेल्सीले खेलमा ३(२ को अग्रता बनाएको थियो । त्यसपछि खेलमा थप गोल हुन सकेन । इन्जुरी समयमा क्रिस्टलका स्कट डानको हेड प्रहार पोस्टमा लागेर फर्किएपछि क्रिस्टल बराबरी गर्न चुकेको थियो ।

जितसँगै चेल्सी तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । चेल्सीले ३४ खेलबाट ६० अंक जोडेको छ । लीगकै अर्को खेलमा वाट्फोर्डले नर्विच सिटीलाई २(१ गोलले पराजित गरेको छ । त्यस्तै लेस्टर सिटी र आर्सनल १(१ गोलको बराबरीमा रोकिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *