Political Hightlights

नेकपा स्थायी कमिटी बैठक आजबाट पुनः शुरु हुँदै, बैठक अघि अध्यक्षद्वयबीच छलफल

हिमालय टिभी
२०७७ असार २४ गते ७:३९
नेकपा स्थायी कमिटी बैठक आजबाट पुनः शुरु हुँदै, बैठक अघि अध्यक्षद्वयबीच छलफल

२४ असार, २०७७ काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी नेकपाको स्थायी कमिटी बैठक आजदेखि फेरि शुरु हुने भएको छ । दुई पक्षबीचको विवादका कारण पटक पटक स्थगित हुँदै आएको बैठक आजदेखि फेरी शुरु हुने भएको हो ।

स्थायी कमिटी बैठकअघि दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच छलफल हुनेछ । दुई अध्यक्षबीच हिजो भएको छलफलले दलभित्र देखिएका सबैखाले विवाद समाधान गर्ने सहमति गरेसँगै नेकपाको विवाद तत्कालाका लागि समाधान उन्मुख देखिएको छ ।

ओली र प्रचण्डबीच केही दिनयता गम्भीर छलफल भइरहेको छ । पार्टीको जारी स्थायी कमिटी बैठक रोकेर दुई अध्यक्षबीच छलफल गर्दै समस्या समाधानका उपाय खोजी भइरहेको हो ।

हिजोको छलफलमा मंसिर चारको सहमतिलाई थप व्याख्या गरेर अघी बढ्न दुई अध्यक्ष सकारात्मक देखिएका छन् । तर पार्टी र सरकारमा एक व्यक्ति एक पद लागु गराउनेबारेमा पनि छलफल चलिरहेको छ ।

हिजो दुई दलबीचको एकता पनि दुई अध्यक्षकै योजना र त्यागका आधारमा भएको थियो र आज देखिएको समस्या पनि दुई अध्यक्षले नै समाधान गर्ने गरी सहमति खोज्ने निर्णय भएको दुबै अध्यक्षको सचिवालयले जनाएको छ ।

नेकपा जारी स्थायी कमिटी बैठकमा बहुमत सदस्यले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट ओलीले राजीनामा दिनुपर्ने माग गरेका छन् । तर, यी दुवै पदबाट राजीनामा नदिने ओलीको अडान छ ।

यही अडानका बीच नेकपामा शक्तिसंघर्ष सुरु हुनुका साथै पार्टी फुटको संघारमा पुगेको थियो । तर पछिल्ला दिनमा अध्यक्षद्वयले सघन छलफल गरी सहमति खोज्दै पार्टीलाई फुटको संघारबाट जोगाउने लक्ष्यमा अघि बढेका हुन् । तर पछिल्ली समय प्रधानमन्त्रीको पदमा पुगेर कुरा अड्किएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्