राजनीति

नेकपा विवादः अध्यक्ष होइन, ओलीलाई प्रधानमन्त्रीबाट हटाउने तयारी (भिडियोसहित)

हिमालय टिभी
२०७७ असार २३ गते २०:०६
नेकपा विवादः अध्यक्ष होइन, ओलीलाई प्रधानमन्त्रीबाट हटाउने तयारी  (भिडियोसहित)

२३ असार, २०७७ काठमाडौं । विवाद मिलाउने प्रयासमा भएको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको वार्ता प्रधानमन्त्रीको राजीनामामा अड्किएको छ ।

केहीदिन तनाव र हिजोदेखि केही शान्त ढंगले भएको वार्ता प्रधानमन्त्री पद जोगाउने र खोस्नेमा गएर अड्किएको स्रोतले जनाएको छ । अध्यक्षबाट हटाएर प्रधानमन्त्रीमा राखे राज्य शक्तिको दुरुपयोग गरेर फेरि पनि दुःख दिन सक्ने निष्कर्षका साथ प्रचण्ड नेपाल समूहले ओलीलाई प्रधानमन्त्रीबाट राजिनामा गराउने कोशिस थालेको छ । ओली र प्रचण्डबीच आज तीन घण्टा छलफल भएको छ ।

सत्तारुढ नेकपाको स्थायी कमिटी बैठक पटक पटक तोकिँदै र रोकिँदै आएको छ । र, दुई अध्यक्ष ओली र प्रचण्ड सहमतिको प्रयासमा हुनुहुन्छ । स्थायी कमिटी बैठक रोकेर मंगलवारसम्म आउँदा पाँचौ पटक ओली र प्रचण्डबीच वार्ता भएको छ । दुई दिन यता वार्ता सकारात्मक भएपनि ठोस सहमति हुन सकेको छैन ।

पार्टी सचिवालय र स्थायी कमिटीका बहुमत सदस्य केपी शर्मा ओलीलाई प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट हटाउने पक्षमा छन । राजिनामा मागिएपछि ओली स्थायी कमिटी बैठकमा जान छोड्नुभयो । बैठक रोकेर प्रचण्डसँग छलफल गरिरहनुभएको छ ।

ओलीले मुलुकको कार्यकारी पदमा रहेर शक्तिको प्रयोग गरी पकड जमाउन सक्ने भएकोले अध्यक्ष भन्दा प्रधानमन्त्रीबाट ओलीलाई राजिनामा गराउनु ठीक हुने प्रचण्ड नेपाल पक्षको निष्कर्ष छ । प्रधानमन्त्री हुँदा शक्तिको दुरुपयोग गर्ने, राष्ट्रपतिलाई प्रयोग गरेर अफ्ठेरोमा पार्न सक्ने र पार्टी फूटालेर पछि कांग्रेससँग सत्ता सहकार्य गर्न सक्ने पनि प्रचण्ड नेपाल पक्षको अनुमान छ ।

तर शुरुमा दुवै पद छोड्दिनँ, यो विषयमा छलफल नै हुन्नँ भन्ने ओली सोमवारदेखि छलफलका लागि तयार हुनुभएको छ । र, स्रोतका अनुसार दुई नेताबीचको छलफल प्रधानमन्त्रीको राजिनामामा गएर अड्केको छ । पहिले दुवै पदबाट राजिनामा दिलाउने पक्षमा रहेका प्रचण्ड अहिले ओलीलाई प्रधानमन्त्रीबाट राजिनामा दिने पक्षमा हुनुहुन्छ । कुरा सुन्न तयार भएपनि ओलीले राजिनामा दिन अस्वीकार गर्नुभएको छ ।

तीन दिन अघिसम्म ओलीलाई दुवै पदबाट राजिनामा गराउनु प्रचण्ड र नेपाल पक्षको योजना थियो । तर दुवै पदबाट ओलीले राजिनामा दिन्नँ भनेर पार्टी नै फोर्ने ओलीले तयारी गरेपछि प्रचण्ड र नेपाल पक्षले योजना फेरेको छ । र, त्यो हो–ओलीलाई प्रधानमन्त्रीबाट राजिनामा गराउने । यसको कारण पछिल्ला केही दिनमा देखिएको घटना क्रम हो ।

ओलीले मुलुकको कार्यकारी पदमा रहेर शक्तिको प्रयोग गरी पकड जमाउन सक्ने भएकोले अध्यक्ष भन्दा प्रधानमन्त्रीबाट ओलीलाई राजिनामा गराउनु ठीक हुने प्रचण्ड नेपाल पक्षको निष्कर्ष छ । प्रधानमन्त्री हुँदा शक्तिको दुरुपयोग गर्ने, राष्ट्रपतिलाई प्रयोग गरेर अफ्ठेरोमा पार्न सक्ने र पार्टी फूटालेर पछि कांग्रेससँग सत्ता सहकार्य गर्न सक्ने पनि प्रचण्ड नेपाल पक्षको अनुमान छ ।

त्यसैले अहिले ओलीलाई अध्यक्षबाट नभई प्रधानमन्त्री पदबाट राजिनामा गराउने र प्रचण्डले त्यो ठाउँ लिने योजना छ । त्यसका लागि पुरानो आलोपालो सहमतिकै विषय उठाइएको छ । नेकपाका मध्यमार्गी नेताहरु पनि ओली र प्रचण्डलाई सहमत गराएर वरिष्ठ नेता माधवकुमार नेपाललाई विश्वासमा लिने योजनामा छन । ओलीले भने अहिलेसम्म त्यसलाई मान्नुभएको छैन ।

ओली सकेसम्म गलाउने, नभए पार्टी फूटाउने देखि आफू माथि पर्ने सम्मको योजनामा हुनुहुन्छ । त्यसका लागि अन्तिमसम्म पनि दुवै पद नछोड्ने अडानमा हुनुहुन्छ ।

अध्यादेश ल्याएर पार्टी फूटाएर कांग्रेससँग सहकार्य गर्ने योजना बनाएका ओली अझै प्रचण्डसँग पनि लगातार संवादमा रहेको कांग्रेससँग विश्वस्त हुन सक्नुभएको छैन, त्यसैले पार्टी भित्रै छलफलमा हुनुहुन्छ । यस्तो अवस्थामा राजिनामा दिनुपरे भारतले हटायो भनेर कार्ड फालेका ओलीले त्यसैलाई अझै बलियो ढंगले स्थापित गरेर मात्रै छोड्ने ओलीको मुड छ ।

ओली निकट कतिपय नेताले छोड्नु परे अहिले नै उपयुक्त हुने सल्लाह दिईरहेका छन, किनकी भारतले हटाएको भनेर राष्ट्रवादी पनि भईने, कोरोनाका कारण काम गर्न नसकेको अपजसबाट पनि मुक्त हुने नयाँ प्रधानमन्त्री पनि विवाद रहित नहुने हुँदा आफ्नो प्रसिद्धि कायमै राख्न सकिने विश्लेषण छ । तर यी संभावित विकल्प भएपनि सहजै मिल्ने संभावना भने छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्