आर्थिक

तराईको चर्को गर्मीमा पनि स्याउ फलाउन सफल !(भिडियोसहित)

हिमालय टिभी
२०७७ असार २३ गते १९:११
तराईको चर्को गर्मीमा पनि स्याउ फलाउन सफल !(भिडियोसहित)

२३ असार, २०७७ बुटवल । रुपन्देहीको एक किसान ५ वर्षदेखि तराईको चर्को गर्मीमा स्याउ फलाउन सफल भएका छन् । रुपन्देहीको तिलोत्तमा नगरपालिकाका ३८ वर्षीय रमेश पाण्डेयले तराईको चर्को घाममा स्याउ फलाउनुभएको हो ।

हिमाली र उच्च पहाडी क्षेत्रमा फल्ने स्याउ तराईको चर्को घाममा फलेको भन्दा पत्याउन गाह्रो पर्न सक्छ । तर रुपन्देहीको तिलोत्तमा नगरपालिकाका ३८ वर्षीय रमेश पाण्डेयले ३ वर्षदेखि कृषि फार्ममा स्याउ फलाउनुभएको छ ।

पाण्डेयले वि.स. २०७२ सालमा भारतबाट ल्याएको लोचिलिङ्ग प्रजातिको स्याउको विरुवा र नेपालको हिमाली क्षेत्रमा फल्ने मिलिङ्ग जातको जंगली स्याउ दुबैको क्रस गर्नुभयो । १ वर्षमा विरुवा तयार भयो ।

अर्को वर्ष विरुवामा फल लाग्न थाल्यो । सुरुको वर्ष ४ वटा स्याउको दाना फल्यो । यसरी निरन्तर रुपमा अनुसन्धान गर्दै जाँदा दोश्रो वर्षमा १ सय बढी र यो वर्ष ४ सयभन्दा बढी एउटै बोटमा फल लाग्यो ।

बोटमा स्याउका दाना लागे पनि अझैं ब्यवसायी खेती भने हुन सकेको छैन । यो स्याउलाई यहाँको हावापानी सहन केही वर्ष अझैं लाग्नेछ । त्यसपछि बल्ल ब्यवसायिक रुपमा तराईमा स्याउ फलाउन सकिने पाण्डेयको विश्वास छ ।

तिलोत्तमाका पाण्डेयले तराई क्षेत्रमा स्याउ फलाएपछि अरु किसानले पनि यसको सिको गर्दै खेती गर्न सुरु गरेका छन । यसरी अनुसन्धानमा लागेका किसानलाई राज्यले चिन्नु जरुरी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *