Main News

सरिता गिरीलाई सांसद र साधारण सदस्यबाट निस्कासन गर्ने समाजवादी पार्टीको निर्णय

हिमालय टिभी
२०७७ असार २३ गते १६:४५
सरिता गिरीलाई सांसद र साधारण सदस्यबाट निस्कासन गर्ने समाजवादी पार्टीको निर्णय

२३ असार, २०७७ काठमाडौं । नयाँ नक्साको विरोध गर्ने सांसद सरिता गिरीलाई समाजवादी पार्टीले साधारण सदस्य समेत नरहने गरी निष्काशन गरेको छ । पार्टीको निर्णयसँगै गिरिको सांसद पद गएको छ ।

पार्टी महासचिव रामसहायप्रसाद यादव नेतृत्वको कार्यदलले गरेको सिफारिसका आधारमा पदाधिकारी बैठकले गिरिलाई गिरीलाई सांसद पद र पार्टीको साधारण सदस्यबाट निष्काशन गर्ने निर्णय गरेको हो ।

समाजवादी पार्टीले गिरिलाई हटाएकोबारे संसदमा जानकारी दिनेछ । नयाँ नक्साका पक्षमा उभिने पार्टी संसदीय दलको निर्देशन र ह्वीप नमानेका कारण गिरीलाई पार्टी र सांसद पदबाट हटाउने निर्णय गरिएको हो ।

संविधानको अनुसूची ३ मा रहेको निसान छाप परिवर्तनका लागि कालापानी, लिपुलेक र लिम्पियाधुरा समावेश गरिएको नक्साको विरोध गरेपछि गिरिलाई कारवाही गर्न समाजवादी पार्टीले कार्यदल बनाएको थियो ।

नयाँ नक्सा सम्बन्धी संविधान संशोधन विधेयकमाथि गिरीले संशोधन प्रस्ताव दर्ता गर्नुका साथै मतदानको दिन संसद बैठक बहिस्कार गर्नुभएको थियो ।

संविधान संशोधन प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्ने दिन पार्टीको ह्विपविपरीत संसद्‌मा उपस्थित भएर गिरिलेसंशोधन प्रस्तावको विरोध गर्दै बाहिष्कार गर्नुभएको थियो ।

पार्टीका प्रमुख सचेतक उमाशंकर अरगरियाले संशोधन प्रस्ताव फिर्ता लिन भन्दै गिरीलाई निर्देशन दिए पनि मान्नुभएको थिएन ।

गिरिका राष्ट्रहित विपरितका गतिविधि बढेपछि सर्वत्र कारवाहीको माग भएको थियो । गिरी समानुपातिक संसद हुनुहुन्छ । समानुपातिक संसदलाइ सम्वन्धित दलले हटाउन सक्ने कानुनी व्यवस्था छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *