Main News

नेपालमा थप २०४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि, संक्रमितको संख्या १६१६८ पुग्यो

हिमालय टिभी
२०७७ असार २३ गते १६:३१
नेपालमा थप २०४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि, संक्रमितको संख्या १६१६८ पुग्यो

२३ असार, २०७७ काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार नाघेको छ । पछिल्लो पटक थप २ सय ४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले दिएको विवरण अनुसार काठमाडौं उपत्यकामा आज पनि २८ जनामा संक्रमण पुष्टि भएको छ । काठमाडौंमा १४, ललितपुरमा १० र भक्तपुरमा ४ जना संक्रमित थपिएका छन् । उपत्यकामा हिजो ५४ संक्रमित भेटिएका थिए ।

नेपालमा संक्रमितको संख्या १६ हजार १ सय ६८ पुगेको छ । पछिल्लो पटक सबैभन्दा बढी बाजुरामा ५४ संक्रमित थपिएका छन् ।

यस्तै अछाम र वैतडीमा ११–११, महोत्तरीमा ९, धनुषा र अर्घाखाँचीमा ८–८, डोटीमा ७,मोरङ र डढेलधुरामा ६–६, रुकुम पश्चिम, नवलपरासी पश्चिम र सल्यानमा ५–५, सप्तरीमा ४, गोरखा, मकवानपुर, सुनसरी, दाङ, सर्लाही र सुर्खेतमा ३–३ जना नयाँ संक्रमित भेटिएका छन् ।

पाल्पा, तनहुँ र वर्दियामा २–२ तथा सिन्धुपाल्चोक, धादिङ, कास्की, झापा, सिन्धुली, लमजुङ, नुवाकोट, पर्सा, रामेछाप, रुपन्देही, बागलुङ, कपिलवस्तु र रुकुम पुर्वमा १–१ संक्रमित थपिएका छन् ।

सरकारले मुलुकभर कोरोना संक्रमण घट्दै गएको दाबी गरेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता गौतमले पछिल्ला केहि दिनयताको संक्रमण दर कम भएको बताउनुभयो ।

पछिल्लो पटक देशभरका विभिन्न आइसोलेसनबाट थप ६ सय ८८ जना डिस्चार्ज भएका छन् । यो सँगै डिस्चार्ज हुनेको संख्या ७ हजार ४ सय ९९ पुगेको छ ।

सबै जिल्लामा संक्रमण देखिए पनि पछिल्लो पटक तेह्रथुम, भोजपुर, सोलुखुम्वु र हुम्ला जिल्ला संक्रमण मुक्त भएको मन्त्रालयले जनाएको छ । पछिल्लो पटक ६ हजार १ सय ३३ जनाको पिसिआर विधिबाट परीक्षण गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *