Political Hightlights

ओली र प्रचण्डबीच तीन घण्टा लामो छलफल, कुनै ठोस सहमति जुट्न सकेन

हिमालय टिभी
२०७७ असार २३ गते १५:०३
ओली र प्रचण्डबीच तीन घण्टा लामो छलफल, कुनै ठोस सहमति जुट्न सकेन

२३ असार, २०७७ काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच झण्डै तीन घण्टा छलफल भएको छ ।

छलफल सकारात्मक रहेपनि ठोस सहमति भैनसकेको नेताहरुले बताएका छन । दुई अध्यक्षबीचको छलफललाई जारी राख्ने र भोलि स्थायी कमिटी बैठक पनि बस्ने सहमति भएको छ ।

ओली र प्रचण्ड दुवैको सचिवालयले छलफल कुनै निष्कर्षमा नपुगेपनि सकारात्मक रहेको बताएका छन । नेकपामा जारी विवादको सहमति खोज्न सोमबारको स्थायी कमिटी बैठक बुधबारसम्म स्थगित गरिएको थियो ।

प्रधानमन्त्रीलाई पार्टी अध्यक्ष र प्रधानमन्त्री दुबै पदबाट राजीनामा दिन नेताहरुले स्थायी कमिटी बैठकमा कुरा उठाएपछि उत्पन्न विवाद समाधानका लागि बैठक रोकेर दुई अध्यक्षबीच लगातार छलफल भैरहेको छ । तर सहमति भने हुन सकेको छैन ।

हिजो देखिको छलफल भने सकारात्मक दिशातिर अघि बढेको नेताहरुले बताएका छन । यसैबीच ओली र प्रचण्डबीच संवादको वातावरण बनिरहेकाबेला वरिष्ठ नेता माधवकुमार पक्षले भने आशंका व्यक्त गरेको छ ।

पहिलेजस्तै दुई अध्यक्षबीच सहमति भएमा आफुहरु पेलानमा पर्ने भन्दै नेपाल समुहले वार्तामा वरिष्ठ नेताहरुलाई पनि राखिनुपर्नेमा जोड दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्