खेलकूद

इंग्लिस प्रिमियर लीगमा टोटलह्याम विजयी

हिमालय टिभी
२०७७ असार २३ गते ७:४५
इंग्लिस प्रिमियर लीगमा टोटलह्याम विजयी

२३ असार, २०७७ काठमाडौं । इंग्लिस प्रिमियर लीग फुटबलमा टोटनह्याम विजयी भएको छ ।

प्रिमियर लीग अन्तर्गत गएराति सम्पन्न खेलमा टोटेनह्यामले एभर्टनलाई १(० गोलले पराजित गरेको हो । घरेलु मैदानमा भएको खेलमा टोटेनह्यामको जितमा आत्मघाती गोल नै निर्णायक रह्यो ।

२४ औं मिनेटमा एभर्टनका माइकल किनले आत्मघाती गोल गरेका थिए । जितपछि ३३ खेलबाट ४८ अंक बनाएको टोटेनह्याम आठौं स्थानमा उक्लिएको छ । उता एभर्टन समान खेलबाट ४४ अंकसहित ११ औं स्थानमा छ ।

यसैबीच खेलका क्रममा टोटेनह्यामका कप्तान हु्युगो लोरिस र स्ट्राइकर सन हेङ(मिनबिच मैदानमै हात हालाहाल भएको छ। खेलको मध्यान्तरमा मैदानबाट बाहिरिने क्रममा लोरिसले सनलाई पछाडिबाट धकेलेका थिए ।

त्यसपछि दुबै थप विवाद भएको थियो। तर दुबै खेलाडीले आफ्ना मतभेदहरुलाई पाखा लगाएर खेलको अन्तिममा मैदानबाट बाहिरिने बेला अंकमाल गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्