Main News

आँप दिने प्रलोभनमा जनकपुरधाममा ११ वर्षे बालिकामाथि बलात्कार (भिडियोसहित)

हिमालय टिभी
२०७७ असार २२ गते २०:४९
आँप दिने प्रलोभनमा जनकपुरधाममा ११ वर्षे बालिकामाथि बलात्कार (भिडियोसहित)

२२ असार, २०७७ धनुषा । धनुषाको जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २१ कुर्थाकी ११ वर्षीया कञ्चन पञ्जियारको बलात्कारपछि हत्या भएको खुलेको छ । आँप दिने प्रभोलनमा भारतीय नागरिक ३२ वर्षीय दिपु सिंहले बालिकाको बलात्कार पछि हत्या गरेको धनुषा प्रहरीले जनाएको छ ।

गत बुधबार भैंसी चराउन गएकी जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २१ कुर्थाकी ११ वर्षीय कञ्चन पञ्जियार बेपत्ता भइन । परिवार र गाउँले मिलेर खोजी गर्दा नभेटिएपछि बिहीबार कञ्चन बेपत्ता भएको प्रहरीमा जानकारी गराइयो ।

शुक्रबार स्थानीय नग्न अवस्थामा बालिकाको शव फेला पारे । नग्न अवस्थामा शव भेटिएपछि बलात्कारपछि बालिकाको हत्या भएको गाउँलेले अनुमान लगाए । अन्ततस् प्रहरी अनुसन्धानले पनि बलात्कार पछि हत्या भएको पुष्टि गर्‍यो । र अपराधी भारतीय नागरिक दिपु सिंहलाई सोमवार सार्वजनिक गर्यो ।

अनुसन्धानका लागि प्रहरीले घटनास्थलभन्दा झण्डै डेढसय मिटर दक्षिणको स्मशानघाटमा बस्ने एक अघोरीबाबा सहित १९ जनालाई पक्राउ गरेको थियो । तर अनुसन्धानले भारतीय नागरिकको मात्रै संलग्नता देखिएपछि अरुलाई छोडिएको छ । बालिकाको हत्या पछि सिंहले ब्ल्याङ्केटमा बेरी विहिवार विहान ३ बजे दुधमती नदीको पश्चिम किनारमा सिकटको झाडीमा शब फालेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

पाँच महिनादेखि चौधरी तथा मिश्र इन्डष्ट्रिजमा काम गरिरहेका दिपु सिंह केही दिनदेखि आँप लिन गएकी कञ्चनसँग नजिक हुने गरिरहेका थिए । केही दिनदेखिको लगाव र केही प्रमाणको आधारमा पक्राउ परेका सिंहले अपराध स्वीकार गरिसकेका छन ।

पछिल्लो समय बालिकालाई प्रलोभनमा पारी ललाइफकाइ गरी बलात्कार गर्ने क्रम बढेको छ ।यसतर्फ अभिभावक र समाजले सचेतता अपनाउनुका साथै बालबालिकालाई त्यस्तो प्रलोभनमा नपर्ने गरी शिक्षित गर्नुपनि जरुरी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *