खेलकूद

काठमाडौंका ६ वटा ए भिडिजन क्लबलाई महानगरको दश लाख सहयोग

हिमालय टिभी
२०७७ असार २२ गते १७:३२
काठमाडौंका ६ वटा ए भिडिजन क्लबलाई महानगरको दश लाख सहयोग

२२ असार, २०७७ काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगर भित्र रहेका ६ वटा ‘ए’ डिभिजन क्लबलाई १० लाख रुपैयाँका दरले आर्थिक सहयोग गरेको छ ।

काठमाडौंमा भएको कार्यक्रममा मेयर विद्यासुन्दर शाक्यले मछिन्द्र क्लब, सरस्वती युवा क्लब, हिमालयन शेर्पा क्लब, काठमाडौं खेल मण्डल (एनआरटी), संकटा क्लब र मनाङ मर्स्याङ्दी क्लबलाई १०–१० लाख हस्तान्तरण गर्नुभयो ।

काठमाडौंले महानगरभित्रका ‘ए’ डिभिजन क्लवलाई १० लाख रुपैयाँ, ‘बि’ डिभिजनलाई ३ लाख रुपैयाँ र ‘सी’ डिभिजनलाई २ लाख रुपैयाँका दरले सहयोग गर्दै आएको । आगामी वर्ष देखि यो सहयोग रकमलाई बढाउने महागरको प्रतिवद्धता छ ।

कोभिड नाइन्टिन महामारीका कारण पहिलो चरणमा ‘ए’ डिभिजनलाई सहयोग गरिएको र यसपछि छिट्टै नै ‘बी’ र ‘सी’ लाई पनि सहयोग उपलब्ध गराउने उहाँले बताउनुभयो ।

कार्यक्रममा अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष कर्मा छिरिङ शेर्पाले महानगरपालिकाले खेलकुद क्षेत्रको विकासका लागि गरेको सहयोगको प्रसंशा गर्नुभयो । काठमाडौं महानगरपालिकाले गत वर्ष पनि ‘ए’, ‘बी’ र ‘सी’ डिभिजन क्लबलाई आर्थिक सहयोग गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्