खेलकूद

राष्ट्रिय खेलकूद परिषदमा नयाँ निमित्त सदस्य सचिव नियुक्त

हिमालय टिभी
२०७७ असार २२ गते १७:१२
राष्ट्रिय खेलकूद परिषदमा नयाँ निमित्त सदस्य सचिव नियुक्त

२२ असार, २०७७ काठमाडौं । युवा तथा खेलकुद मन्त्रालयले सहसचिव भक्तबहादुर ढकाललाई राष्ट्रिय खेलकुद परिषद्को निमित्त सदस्य सचिवमा नियुक्त गरेको छ ।

गत साता नयाँ खेलकुद विकास ऐन कार्यान्वयनमा आएपछि परिषद्का सदस्य सचिव रमेशकुमार सिलवाल स्वतस् पदमुक्त भएका थिए । नेतृत्वविहीन भएपछि राष्ट्रिय खेलकुद परिषदमा सबै कामकारवाही रोकिएका थिए ।

अर्का सदस्य सचिव नियुक्त नभएसम्म ढकालले परिषद्को नेतृत्व गर्नेछन् । ऐनमा उल्लेख भएअनुसार बरिष्ठ कर्मचारीको हकमा निमित्त सदस्यसचिवको जिम्मेवारी दिएको हो ।

नयाँ कानून अनुसार कुनै कारणले सदस्य सचिवको पद रिक्त भएमा वा कुने कारणले निलम्बन भएमा अर्को सदस्यसचिव नियुक्ति वा निजको निलम्बन फुकुवा नभएसम्मका लागि मन्त्रालयले संघीय निजामती सेवाको राजपत्रांकित प्रथम श्रेणीको कर्मचारी वा परिषद्को बरिष्ठतम् कर्मचारीलाई निमित्त सदस्य सचिवको रुपमा कामकाज गर्ने गरी तोकिने उल्लेख छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्