Main News

नेपालमा थप १८० जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १७९६४ पुग्यो

हिमालय टिभी
२०७७ असार २२ गते १६:४०
नेपालमा थप १८० जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १७९६४ पुग्यो

२२ असार, २०७७, काठमाडौं । नेपालमा पछिल्लो २५ घण्टामा १८० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमितको संख्या १५ हजार ९६४ पुगेको छ ।

मन्त्रालयका अनुसार हालसम्म प्रदेश एकमा ७ सय १०, प्रदेश २ मा ४ हजार १ सय ८४, बामतीमा ६ सय ३९, गण्डकीमा १ हजार १ सय ७५, प्रदेश ५ मा ३ हजार ९ सय ८४, कर्णालीमा १ हजार ५ सय ८१ र सुदूरपश्चिम प्रदेशमा ३ हजार ६ सय ९१ जनामा संक्रमण पुष्टि भएको छ ।

सोमबार २ सय ६४ जना संक्रमित निको भएर घर फर्किएका छन् । सोमबारसम्म संक्रमुक्त भएर ६ हजार ८ सय ११ जना डिस्चार्ज भएको उहाँले बताउनुभयो ।

पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ४ हजार ७ सय २१ जनाको परीक्षण भएको छ । योसँगै सोमबारसम्म पीसीआर विधिबाट २ लाख ५५ हजार ७ सय २७ जनाको कोरोना परीक्षण भएको छ ।

यस्तै आरडिटी विधिबाट ३ लाख ११ हजार ७ सय २४ जनाको परीक्षण भएको छ । अहिले देशभरीका क्वारेन्टिनहरुमा २९ हजार २ सय १५ जना रहेका छन् । देशका विभिन्न अस्पतालका आइसोलेसनमा ९ हजार ११८ जना संक्रमित उपचाररत रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *