आर्थिक

घुम्न जाने होइन त धनकुटाको वनझाँक्री पार्क ? (भिडियोसहित)

हिमालय टिभी
२०७७ असार २२ गते १५:०१
घुम्न जाने होइन त धनकुटाको वनझाँक्री पार्क ? (भिडियोसहित)

२२ असार, २०७७ धनकुटा । पहाडी क्षेत्रकका डाँडाकाँडा आफैंमा मनमोहक छन् । तर पूर्वाधार अभावका कारण प्रशस्त पर्यटकीय सम्भावना बोकेका डाँडा ओझेलमा पर्ने गरेका छन् । धनकुटाको महालक्ष्मी नगरपालिकामा रहेको एउटा यस्तै डाँडोमा भने नमूना पार्क निर्माण गरिएको छ ।

यो धनकुटाको महालक्ष्मी नगरपालिका –६ र ७ को सिमानामा पर्नै गढीमा डाँडैडाँडा हो । प्रदेश सरकार अन्तरगत शहरी विकास तथा भवन निर्माण कार्यालय धनकुटाको २ करोड ८४ लाख रुपैयाँको लगानीमा यहाँ वनझाँक्री पार्क निर्माण गरिएको छ ।

पार्कमा वनझाँक्रीको मूर्ति, पर्यटकका लागि करिब एघार सय खुड्किला रहेको रेलिङसहितको सिढी, विश्रामस्थल र शौचालय निर्माण गरिएको छ । पार्क निर्माणसँगै धनकुटाले पर्यटन क्षेत्रमा एउटा ठूलो फड्को मारेको स्थानीय बासिन्दाको भनाइ छ ।

यस क्षेत्रबाट अरुण नदी आसपासका फाँटिला क्षेत्र, विश्वकै होचो अरुण उपत्यका, मौसम खुलेको समयमा मकालु लगायत विभिन्न हिमश्रृङ्खला देख्न सकिन्छ । ०७६ साउनबाट सुरु भएको पार्क निर्माणको काम सम्झौताको अवधिको ७ महिना अघि नै पूरा भएको हो ।

महालक्ष्मी नगरपालिकाले यो पार्कसँगै अन्य पार्क पनि निर्माण गरिरहेको छ । पार्क निर्माणसँगै आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गरी स्थानीय सम्पदास्थल एवम् साँस्कृतिक गतिविधिलाई समेत प्रचार–प्रसार गर्ने लक्ष्य उसले लिएको छ ।

वन झाँक्री पार्क निर्माणस्थलममा परापूर्वकालमा वनझाक्रीहरु घुम्ने गरेको किम्बदन्ती रहेकाले वनझाँक्री पार्क निर्माण गरिएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *