आर्थिक

लकडाउनका कारण व्यापारीको हालत ‘आम्दानी आठ आना, खर्च रुपैयाँ’ ! (भिडियोसहित)

हिमालय टिभी
२०७७ असार २२ गते १४:५१
लकडाउनका कारण व्यापारीको हालत ‘आम्दानी आठ आना, खर्च रुपैयाँ’ ! (भिडियोसहित)

२२ असार, २०७७ विराटनगर । कोरोना संकटका कारण व्यापार व्यवसायमा सङकटमा पर्दै गएको छ । कोरोना भाईरसको सम्भावित जोखिम रोकथाम तथा न्युनीकरण लागि जारी लकडाउन खुकुलो भए पनि व्यापार व्यवसाय बढेको छैन ।

लकडाउनको सबैभन्दा बढी भार उद्योगी व्यापारीले खेप्नु परेको छ । लकडाउनका कारण व्यापारीको हालत ‘आम्दानी आठ आना, खर्च रुपैयाँ’ झैं भएको छ ।

लकलाउनको अवधिमा सुनको कारोबार ९० प्रतिशत ओरालो लागेको छ । विश्वमा सुनको भाउ महँगो हुँदै गएको छ । जसले गर्दा सुनको बिक्री बन्द जस्तै छ । भाउ महँगो भएकाले उपभोक्ताले सुन विक्रीका लागि ल्याउने गरेका छन । जसले गर्दा वसायीहरु थप मारमा परेका छन ।

अहिले लकडाउन खुकुलो भएपछि व्यवसायीले व्यापर व्यवसाय सञ्चालन त गरेका छन् । तर व्यापार छैन । लत्ताकपडा, जुत्ता चप्पल, ईलेक्ट्रिक, ईलेक्ट्रोनिक्स, हार्डवेयर सुनचाँदी व्यावसायी सबैभन्दा बढी मारमा परेका छन ।

लकलाउनको अवधिमा सुनको कारोबार ९० प्रतिशत ओरालो लागेको छ । विश्वमा सुनको भाउ महँगो हुँदै गएको छ । जसले गर्दा सुनको बिक्री बन्द जस्तै छ । भाउ महँगो भएकाले उपभोक्ताले सुन विक्रीका लागि ल्याउने गरेका छन । जसले गर्दा वसायीहरु थप मारमा परेका छन ।

बजारमा उपभोक्ता घटेकाले दैनिक कारोवार शुन्यमा झरेको व्यवसायीको भनाई छ । जसले गर्दा उनीहरुलाई लकडाउन अवद्यिभरको कर, घरभाडा, विद्युत महशुल र कर्मचारीको तलब लगायतका खर्च कसरी धन्न भन्ने चिन्ताले पिरोलेको छ ।

ब्यापार व्यवसायबाट टाट पल्टने स्थिति आएको भन्दै व्यवसायीले राहत मागेका छन् । बैङकको ब्याज, कर, घरभाडा र विद्युत महशुल छुट दिन सरकारसँग उनीहरुको माग छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *