Political Hightlights

नेकपा अध्यक्षद्वय ओली र प्रचण्डबीचको भेटवार्ता सहमति नजिक

हिमालय टिभी
२०७७ असार २२ गते १३:०५
नेकपा अध्यक्षद्वय ओली र प्रचण्डबीचको भेटवार्ता सहमति नजिक

२२ असार, २०७७ काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको भेटवार्ता सहमति नजिक पुगेको छ ।

पार्टीभित्रको आन्तरिक विवाद चरम उत्कर्षमा पुगेको बेला आज बिहान करिब डेढ घन्टा भएको ओली–प्रचण्डबीचको भेटवार्तामा अहिलेसम्म भएका गल्लि कमजोरीलाई आत्मालोचना गर्दै मिलेर जाने सहमति भएको छ ।

छलफलमा दुवै अध्यक्षले यो बीचमा भएका गल्लि र एकले अर्कोलाई लगाएको आरोपबारे समिक्षा गर्नुभएको छ ।

यसअघि दुई अध्यक्षबीच आरोप(प्रत्यारोपका कारण संवादको वातावरण समेत भएको थिएन । हिजोको बैठकमा पनि बाझाबाझ भएको थियो । अब पार्टीको सम्पूर्ण समस्या दुई अध्यक्ष बसेर टुङ्गाउने सहमति भएको नेताहरुले बताएका छन् ।

पार्टीभित्रको सम्पूर्ण समस्याको समाधन दुई अध्यक्ष बसेर नै टुङ्गाइने छ । यसअघि दुई अध्यक्षबीचको छलफलमा ऊर्जामन्त्री वर्षमान पुनस् स्थायी कमिटी सदस्य जनार्दन शर्मा, प्रदेश नम्बर पाँचका मुख्यमन्त्री शंकर पोखरेल र महासचिव विष्णु पौडेल पनि सहभागी हुनु भएको थियो ।

यद्धपि दुई अध्यक्षबीच समस्या समाधान नभए वरिष्ठ नेतासँग सल्लाह माग्ने सहमति भने भएको छ । छलफलमा पार्टी एकतालाई खलल पुर्‍याउनेगरी बाहिर चर्चा भएको पाँचबुँदे सहमतिलाई लिएर दुवै अध्यक्षले आपत्ति समेत जनाएका थिए ।

पार्टीको चालू स्थायी कमिटी बैठक उद्घाटनकै दिन दुई अध्यक्षबीच आरोप(प्रत्यारोप भएको थियो । र, पछिल्लो समय प्रधानमन्त्री ओलीले पार्टी नेतासँग सल्लाह नगरी संसद अधिवेशन अन्त्य गर्ने निर्णय गरेपछि संवादको वातावरण बिथोलिएको थियो ।

त्यसैगरी प्रधानमन्त्री ओलीले हालसालै मन्त्री र राज्यमन्त्रीलाई बालुवाटार बोलाएर आफूलाई हटाउने र राष्ट्रपति विद्यादेवी भण्डारीलाई महाअभियोग लगाउने खेल भएको आरोप लगाएपछि ओली-प्रचण्डबीच थप मनमुटाव भएको थियो ।

र, आइतबार मात्रै दुई अध्यक्ष ओली-दाहालबीच आरोप(प्रत्यारोप समेत भएको थियो । यस्तो अवस्थामा ओली-दाहालबीच संवाद गरेर अघि बढ्ने सहमति भएको हो । २४ गतेसम्म प्याकेजमा सहमति गर्नेगरी अध्यक्षद्वय लागिपरेका छन् ।

प्रतिक्रिया

One thought on “नेकपा अध्यक्षद्वय ओली र प्रचण्डबीचको भेटवार्ता सहमति नजिक

  1. जनता दिनदिनै तनाबले अात्महत्या गरिरहेको छ तिमिहरु प्याकेज मै सहमति गरकि सरकारि ढुुुुुुकुटि बाडिचुडि खान पाइयोस भनेर।मान्छे उपचार नपाएर दैनिक मरिरहेको छ यस्तो बिसमपरिस्थिमा पनि राजनिति?महामारी ले जनता दिनदिनै सङ्क्रमित भेैरहदा तिमिहरुलाइ लाज लाग्दैन?अलिकति मुटु छैन?मुटु नभएका भष्ट्रे राजाहरु।तिमिहरुको क्वारेनटिनको हालत हेरेको छ कहिल्यै तिमिहरुले?अनुगमन गर्या छौ?जनतालाई हौसला दिएका छौ? तिमिहरु मर्ने बेलानि जनताले तालि पट्काउने दिन आउला होस गर गणतन्त्रकाा मालिकहरु।????

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्