Political Hightlights

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, महाधिवेशनबारे छलफल हुने

हिमालय टिभी
२०७७ असार २२ गते ७:४२
कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, महाधिवेशनबारे छलफल हुने

२२ असार, २०७७ काठमाडौं । पार्टीको १४ औं महाधिवेशनबारे छलफलका लागि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसकै केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दैछ ।

पार्टी कार्यालय सानेपामा दिउँसो दुई बजे बस्ने बैठकमा यही वर्षको फागुन ७ देखि १० सम्मका लागि तय भएको पार्टी महाधिवेशनको कार्यतालिकाबारे छलफल हुने छ ।

आइतबार बसेको बैठकमा पार्टीको १४औँ महाधिवेशन कार्यतालिका र समसामयिक विषयमा छलफल भएको थियो ।

तालिकाअनुसार गत फागुनदेखि चैतसम्म क्रियाशील सदस्यता वितरण र नवीकरण गर्ने कार्य सम्पन्न गर्ने अवधि तोकेपनि कोरोनाका कारण स्थगन भएसँगै महाधिवेशनको चाप बढेको छ । कांग्रेसको वर्तमान कार्यसमितिको चारवर्षे म्याद गत फागुनमा नै सकिएको हो ।

समयमा महाधिवेशन गर्न नसकेपछि विधानअनुसार एक वर्ष थपिएको म्यादसँगै फागुन ७(१० काठमाडौंमा महाधिवेशन गर्ने गरी कार्यातालिका बनाएको कांग्रेसले त्यसअघी सबै तयारी सक्नुपर्ने हुन्छ ।

क्रियाशिल सदस्यता र महाधिवेशन प्रतिनिधि चयन पनि विवादीत बन्न सक्ने देखिएकाले आजको बैठकले आवश्यक थप कार्यविधी बनाउने छ ।

बैठकमा कोरोना नियन्त्रणमा लाग्नुपर्नेमा सरकार र सत्तारुढ दल आन्तरिक विवादमा रुमल्लिएपछि त्यसबारे पनि समिक्षा हुने प्रवश्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो ।

हिजोको बैठकमा बोल्ने अधिकांश केन्द्रीय सदस्यहरुले माग गरेपछि सभापति देउवाले प्रधानमन्त्री ओलीसँग भएको छलफलबारे आज जानकारी गराउनुहुने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्