खेलकूद

स्पेनिस ला लिगामा बार्सिलोनाको उपाधि होड कायमै

हिमालय टिभी
२०७७ असार २२ गते ७:३३
स्पेनिस ला लिगामा बार्सिलोनाको उपाधि होड कायमै

२२ असार, २०७७ काठमाडौं । बार्सिलोनाले स्पेनिस ला लिगा फूटबलको उपाधि होडमा आफ्नो सम्भावना कायमै राखेको छ ।

बार्सिलोनाले गएराति भिल्लारियालमाथि चार-एकको फराकिलो जित निकालेको छ । जितसँगै बार्सिलोनाले शीर्ष स्थानको रियालसँगको दूरी फेरी चार अंकमा झारेको छ ।

रियालको मैदानमा भएको खेलमा बार्सिलोनाको जितमा लुइस स्वारेज, एन्टोइन ग्रिजम्यान र अन्सु फाटीले एक(एक गोल गरे । एक गोल उसले आत्मघाती गोलको रुपमा पाएको थियो ।

खेलको तेस्रो मिनेटमा नै पाउ टोरेसले आत्मघाती गोल गरेपछि बार्सिलोनाले अग्रता लियो । तर १४ औं मिनेटमा रियालका जेरार्ड मोरिनोले गोल गर्दै खेल एक(एक गोलको बराबरी गरे ।

त्यसपछि बार्सिलोनाका लागि २० औं मिनेटमा लुइस स्वारेज, ४५ औं मिनेटमा ग्रिजम्यान र ८६ औं मिनेटमा फाटीले एक-एक गोल थपे । जितपछि बार्सिलोनाले ३४ खेलबाट ७३ अंक जोडेको छ ।

उता शीर्ष स्थानको रियल मड्रिडको समान ३४ खेलबाट ७७ अंक रहेको छ । यसअघि सम्पन्न खेलमा उपाधि दाबेदार तथा शीर्ष स्थानको रियल मड्रिडले एथ्लेटिको बिल्बाओलाई एक/शून्यले हराएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्